विज एयरले गौतम बुद्ध विमानस्थलबाट अबुधाबी उडान गर्ने

काठमाडौं । विज एयरले आगामी दुई सातापछि नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्धबाट भैरहवा–कुवेत उडान सुरु गर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले भैरहवा–कुवेत उडानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ ।

उक्त विमानस्थलबाट अबदेखि दुईवटा अन्तर्राष्ट्रिय कम्पनीले उडान गर्ने भएका छन् । यसअघि जजिरा एयरवेजले भैरहवा–कुवेत उडान सुरु गरेको थियो ।

विमानस्थल सञ्चालनमा आएको ५ महिनापछि यो विमानस्थलमा अक्टोबर ३० तारिखदेखि अबुधाबी बेस रहेको विज एयरले उडान सुरु गर्ने जनाइएको छ ।

बैंकिङ प्रणलीमा तरलता सहज हुन थालेको हो ? Read Previous

बैंकिङ प्रणलीमा तरलता सहज हुन थालेको हो ?

रुपन्देहीका ५ ठूला स्टिल उद्योग बन्द, २ हजार मजदुरको रोजगारी गुम्दै Read Next

रुपन्देहीका ५ ठूला स्टिल उद्योग बन्द, २ हजार मजदुरको रोजगारी गुम्दै