काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत वर्षको नाफाबाट घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।
बैंकले मंसिर १० गते चौथो वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभा अनुपम फूडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा बिहान ९ बजेदेखि सुरु हुनेछ।
बैंकले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको ४.२१०५ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ ।
यसैगरी, सभामा बैंकको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा–नोक्सान हिसाब, लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, अन्य आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने लगायतका प्रस्तावहरु लैजाने भएको छ ।
साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १ गते बुकक्लोज तोकेको छ । सो अनुसार कात्तिक ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।