महुली लघुवित्तको नाफामा उच्च गिरावट, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उच्च गिरावट आएको छ । लघुवित्तले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७८.२९ प्रतिशतले घटेको छ ।

लघुवित्तले चालु आवको असोज मसान्तसम्ममा ५८ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २ करोड १० लाख कमी हो । लघुवित्तले गत वर्षको पहिलो त्रैमासमा २ करोड ६८ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै इम्पेरमेन्ट चार्ज बढ्दा लघुवित्तको खुद नाफामा भारी गिरावट आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.४७ प्रतिशत घटेर ७ करोड ३३ लाखमा सीमित भएको छ । त्यस्तै, सञ्चालन नाफा ६८.६८ प्रतिशतले घटेर ८३ लाखमा झरेको छ । समयमै कर्जा असुल नहुँदा लघुवित्तले २ करोड ९३ लाख रुपैयाँ इम्पेरमेन्ट चार्जका लागि छुट्याएको छ ।

समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ६९ करोड सापटी लिई ४ अर्ब ४ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल २८ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ३२ करोड ६३ लाख रुपैयाँ संचित छ ।

खुद नाफामा गिरावट आएसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २९.७७ रुपैयाँ घटेर ८.२६ रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २१५.६६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२८.४१ गुणा, खराब कर्जा २.२५ प्रतिशत रहेको छ ।

जलवायु परिवर्तनबाट हुने हानिनोक्सानीको मुद्दा पेचिलो बन्दै Read Previous

जलवायु परिवर्तनबाट हुने हानिनोक्सानीको मुद्दा पेचिलो बन्दै

मौसम खुलेसँगै 'माउन्टेन फ्लाइट'मा आकर्षण बढ्दो, टिकट मूल्य कति ? Read Next

मौसम खुलेसँगै 'माउन्टेन फ्लाइट'मा आकर्षण बढ्दो, टिकट मूल्य कति ?