बाराही हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीले आजदेखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङबासीका लागि आइपीओ विक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २ करोड ५० लाख रुपैययाँ बराबरको २ लाख ५० हजार कित्ता सेयर विक्रीमा ल्याएको हो ।

उक्त आइपीओमा जिल्लाका जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ ९साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस० तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । उक्त आइपीओमा स्थानीयले कात्तिक १८ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर विक्री नभएमा मंसिर ४ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले एनएमबी बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट अनुाति प्राप्त सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका ताकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

 

ब्रोकर नं. ५८ ले सेयर किन्न ऋण दिने, ब्याजदर कति ? Read Previous

ब्रोकर नं. ५८ ले सेयर किन्न ऋण दिने, ब्याजदर कति ?

काठमाडौंमा फस्टाउँदै व्यवसायिक फूल खेती Read Next

काठमाडौंमा फस्टाउँदै व्यवसायिक फूल खेती