सोल्टी होटलको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सोल्टी होटलले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेको छ ।

होटल सञ्चालक समितिको असोज ३१ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २१.३१५ प्रतिशत नगद गरी कुल २६.३१५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

सोल्टीले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

होटलले उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

साधरण सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गते बुक क्लोज तोकेको छ । सो अनुसार पुस ६ गतेसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश र साधरण सभामा भाग लिन पाउने छन् ।

 

अधिकार सम्पन्न यातायात प्राधिकरण बनाउन माग Read Previous

अधिकार सम्पन्न यातायात प्राधिकरण बनाउन माग

चालु पूँजी कर्जा सम्बन्धी नयाँ व्यवस्था कार्यन्वयनमा, २ करोड माथिको ऋणमा २५% मात्र पाइने Read Next

चालु पूँजी कर्जा सम्बन्धी नयाँ व्यवस्था कार्यन्वयनमा, २ करोड माथिको ऋणमा २५% मात्र पाइने