नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बनाउन ठेक्का आह्वान

सांकेतिक तस्वीर

काठमाडौं । नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ निर्माण गर्न ठेक्का आह्वान भएको छ । सडक विभाग अन्तर्गतको पुल महाशाखाले नारायणीमा चितवन र नवलपरासीलाई जोड्ने सिग्नेचर पुल बनाउन ठेक्का आह्वान गरेको हो ।

नारायणीको अहिलेको ४० वर्ष पुरानो पुल जीर्ण बन्दै गएकाले नयाँ आधुनिक सिग्नेचर पुल बनाउन ठेक्का आह्वान गरिएको विभागले जनाएको छ ।

डिजाइन र निर्माण गर्नेगरी ठेक्का आह्वान गरिएको हो । पुलको कुल लम्बाइ ४२० मिटर र चौडाइ चार लेनको हुनेछ । उक्त पुलमा रातको समयमा आकर्षक बत्तीले सजाउने योजनासमेत बनाइएको छ ।

विसं २०३६ सालमा बनेको २ लेनको नारायणी पुलको दुवैतर्फ होचो रेलिङसहितको फुटपाथसमेत छ । हालको पुलको आयु करिब ७० वर्ष हुने प्राविधिकहरूले बताए पनि यसमा हुने ट्राफिक चाप र सवारीको ओजनलाई हेर्दा पुल जीर्ण बन्दै गएको देखिन्छ ।

भाइमसला आयात आधाले घट्यो, कुन कति आयात ? Read Previous

भाइमसला आयात आधाले घट्यो, कुन कति आयात ?

अधिकार सम्पन्न यातायात प्राधिकरण बनाउन माग Read Next

अधिकार सम्पन्न यातायात प्राधिकरण बनाउन माग