काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणका लागि विक्रीमा ल्याएको प्रतिकित्ता १०० अंकित मूल्यमा ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता सेयरमा आवेदन दिने अन्तिम दिन हो ।
निष्काशन भएको कुल सेयरमध्ये ५ प्रतिशत (३३ हजार ५१५ कित्ता) सामूहिक लगानी कोष र २ प्रतिशत (१३ हजार ४०६ कित्ता)सेयर छुट्याइएको छ । बाँकी ६ लाख २३ हजार ३८९ कित्ता सेयरमा सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सकिने छ ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँदछ ।