इष्टर्न हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने म्याद थप भएको छ । कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणका लागि विक्रीमा ल्याएको आइपीओ भर्ने म्याद १ दिन थप गरिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता सेयरमा आवेदन दिने अन्तिम म्याद आजसम्म रहेको थियो । आज सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सार्वजनिक बिदा दिएकले भोलिसम्म म्याद थप गरिएको हो ।

निष्काशन भएको कुल सेयरमध्ये ५ प्रतिशत (३३ हजार ५१५ कित्ता) सामूहिक लगानी कोष र २ प्रतिशत (१३ हजार ४०६ कित्ता)सेयर छुट्याइएको छ । बाँकी ६ लाख २३ हजार ३८९ कित्ता सेयरमा सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँदछ ।

ब्रोकर लाइसेन्स लिन ४५ कम्पनी इच्छुक, स्टक डिलरमा नबिल बैंकको मात्रै आवेदन Read Previous

ब्रोकर लाइसेन्स लिन ४५ कम्पनी इच्छुक, स्टक डिलरमा नबिल बैंकको मात्रै आवेदन

ब्याजदर वृद्धिको विरोधमा व्यवसायी धर्नामा उत्रेपछि महासंघ नेतृत्व पुग्यो राष्ट्र बैंक Read Next

ब्याजदर वृद्धिको विरोधमा व्यवसायी धर्नामा उत्रेपछि महासंघ नेतृत्व पुग्यो राष्ट्र बैंक