ब्रोकर लाइसेन्स लिन ४५ कम्पनी इच्छुक, स्टक डिलरमा नबिल बैंकको मात्रै आवेदन

काठमाडौं । धितोपत्र दलाल (ब्रोकर लाइसेन्स)का लागि ४५ कम्पनी इच्छुक देखिएका छन् । ब्रोकर लाइसेन्सका लागि सिफरिस माग्दै नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा ४५ कम्पनीले आवेदन दिएका हुन् ।

नेपाल धितोपत्र बोर्डले नेप्सेले सिफारिस गरेपछि मात्रै ब्रोकरको लाइसेन्स दिने व्यवस्था गरेको छ । सो व्यवस्था अनुसार आज आवेदन दिने अन्तिम दिनसम्म ४५ कम्पनीले नेप्सेको सिफारिस माग गरेका हुन् ।

सिफारिसका लागि आवेदन दिने कम्पनीहरूमा न्यूनतम २० करोडदेखि डेढ अर्बसम्म चुक्तापूँजी भएका कम्पनी छन् । जसमा अधिकांशको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ ।

नेप्सेका अनुसार ६० करोड रुपैयाँ चुक्ता पूँजीको फूल ब्रोकर लाइसेन्सको लागि ३ कम्पनी र स्टक डिलरका एउटाले सिफारिस गर्न माग गरेका छन् ।

स्टक डिलरका लागि नबिल सेक्यूरिटिजले आवेदन दिएको छ भने फूुल ब्र्रोकरको लाइसेन्सका लागि सेन्चुरी सेक्यूरिटिज, हिमालयन सेक्यूरिटिज र मेगा स्टक मार्केट्ले आवेदन दिएका छन् ।

संशोधित धितोपत्र दलाल नियमावली बोर्डले अनुसार ३० दिनभित्र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन माग गरेको थियो । उक्त समय आज सकिएको छ ।

यी हुन् ब्रोकर लाइसेन्सको सिफारिसका लागि आवेदन दिने कम्पनी

स्टक डिलर ब्रोकरको लाइसेन्सका लागि नबिल सेक्युरिटिजले आवेदन दिएको छ । सेन्चुरी सेक्यूरिटिज,हिमालयन सेक्यूरिटिज र मेगा स्टक मार्केट्ले ६० करोड रुपैयाँ चुक्ता पूँजी सहित फुल ब्रोकरेजका लागि आवेदन दिएका छन् ।

यसैगरी, हिमालयन ब्रोकरेज कम्पनी, भोले गणेश सेक्युरिटिज लि, क्यापिटल म्याक्स सेक्युरिटिज, कलश सेक्युरिटिज, एनएमबी सेक्युरिटिज, केबीएल सेक्युरिटिज, प्रोपर्टी विजार्ड लि, सेयर प्रो सेक्युरिटिज, माछापुच्छ्रे कम्पनीले सीमित कारोबार गर्न पाउने ब्रोकरको लाइसेन्सका लागि आवेदन दिएका छन् ।

यसैगरी, सेक्युरिटिज, एनआइसी एशिया सेक्युरिटिज, सन सेक्युरिटिज, पाहि इन्भेष्टमेन्ट, मियो सेक्युरिटिज, एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, जेबीएनएल सेक्युरिटिज, प्रभु स्टक मार्केट क्यापिटल आरबीबी सेक्युरिटिज, एसपीएसए सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, ट्रेडमो सेक्युरिटिज, सानिमा सेक्युरिटिज, आकाश भैरव सेक्युरिटिज, क्यापिटल हब कम्पनीले सिफारिस माग गरेको नेप्सेले जनाएको छ ।

त्यसैगरी, गरिमा सेक्युरिटज, स्टक्स्कार्टस सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेज, सीबीआइएल सेक्युरिटिज, इगल स्टक इक्युटी, इन्दिरा सेक्युरिटिज, सजिलो ब्रोकर,मिल्की वे सेयर ब्रोकर, ब्लुचिप सेक्युरिटिज,बेनी सेक्युरिटिज, रोडसो सेक्युरिटिज,सिजी ईन्भेष्टमेन्ट, म्याग्नेट सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट, मनि वल्र्ड सेयर एक्सचेन्ज, सेन्चुरी सेक्युरिटिज र एप्पल सेक्युरिटिजले ब्रोकर लाइसेन्सका लागि सिफारिस माग गरेका छन् ।

प्रक्रिया पूरा गर्ने सबै कम्पनीले लाइसेन्स पाउँछन्

नेपाल धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीले प्रक्रिया पूरा गर्ने सबै कम्पनीले लाइसेन्स प्राप्त गर्ने बताए । ‘बोर्डले अध्ययन गरेपछि कागजपत्र सबै पुगेको छ भने लाइसेन्सको प्रक्रिया अघि बढ्छ नभए बढ्दैन्, नियमावली अनुसार प्रकिया पूरा गरेका सबै कम्पनीले लाइसेन्स पाउछन्’ उनले भने ।

नियमावली अनुसार ब्रोकर लाइसेन्सका लागि नेप्सेको सिफारिस आवश्यक पर्छ । सोही कारण कम्पनीहरूले लाइसेन्सका लागि नेप्सेमा आवेदन दिएका छन् ।

संशोधित नियमावली अनुसार बबोर्डले बजारको अवस्था हेरेर तीन/तीन वर्षमा लाइसेन्सका लागि आवेदन माग गर्नेछ । बोर्डले केही समयअघि धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली पाँचौपटक संशोधन गरेर नयाँ ब्रोकर कम्पनीको लाइसेन्स वितरण गर्ने बाटो खुला गरेको थियो ।

जस अनुसार तीन प्रकारका ब्रोकर कम्पनीहरू स्थापना गर्न सकिने भएको छ । बोर्डले उक्त नियमावली अनुसार सिमित कार्य गर्ने ब्रोकर कम्पनीको चुक्ता पूँजी २० करोड रुपैयाँ, पूर्ण कार्य गर्ने कम्पनीका लागि ६० करोड रुपैयाँ र स्टक डिलरका लागि डेढ अर्ब रुपैयाँ तोकेको छ ।

बोर्डले संशोधित नियमावली कार्यान्वयनमा ल्याएसँगै ब्रोकर लाइसेन्सका लागि पहिलोवर्ष आवेदन माग गरेको तीन वर्षको अवधिसम्म लाइसेन्सको अनुमति नदिने व्यवस्था गरेको छ ।

धितोपत्र बजारको विकास र विस्तार गरेर सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्र्शी, प्रतिस्पर्धी बनाउन ब्रोकर कम्पनीको अवश्यक रहेको बोर्डको भनाइ छ ।

बोर्डका अध्यक्ष रमेश कुमार हमालले पूँजी बजारको विकास र लगानीकर्ताको सहजताको लागि योग्यता पुग्ने जसले पनि ब्रोकर लाइसेन्स पाउनुपर्ने बताउँदै आएका थिए । सोही अनुसार उनले नियमावली संशोधन गरेर फरकफरक ब्रोकर कम्पनी सञ्चालनको अनुमति दिन सकिने व्यवस्था गरेका छन् ।

बजारमा सीमित कम्पनीहरूको मात्र एकाधिकार रहको भन्दै ठूला लगानीकर्ताहरूले अन्य ब्रोकर कम्पनीले पनि सञ्चालन तथा कारोबारको अनुमति पाउनुपर्ने माग राख्दै आएका छन् ।

 

नेपाल भित्रियो युरोपको सबैभन्दा ठूलो घरेलु उपकरण ब्रान्ड ‘बोश’ Read Previous

नेपाल भित्रियो युरोपको सबैभन्दा ठूलो घरेलु उपकरण ब्रान्ड ‘बोश’

इष्टर्न हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ? Read Next

इष्टर्न हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?