विद्युत प्राधिकरणले स्मार्ट मिटर जडानका लागि थाल्यो सर्वेक्षण, घरघरमा गएर तथ्यांक संकलन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडानको लागि सर्वेक्षण शुरु गरेको छ । हरेक उपभोक्ताको घरमा स्मार्ट मिटर राख्ने लक्ष्य सहित प्राधिकरणले त्यसका लागि सर्वेक्षण शुरु गरेको प्राधिकरण स्वयम्ले जानकारी गराएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरिङलाई महत्वाकांक्षी योजनाका रुपमा अगाडि बढाएका हुन् ।

 

प्राधिकरणले जति सक्दो चाँडो हरेक उपभोक्तको घरमा स्मार्ट मिटर जडान गर्ने लक्ष्य राखेको छ । यसका लागि ठेकेदार कम्पनीले ग्राहकको घरघरमा गएर तथ्यांक संकलनको काम गरिरहेको आयोजना संयोजक जुजुरत्न शाक्यले बताए ।

 

साथै तथ्यांक संकलन गर्न आउने सर्भेयरलाई आवश्यक जानकारी उपलब्ध गराउन समेत उनले सबैमा आग्रह गरेका छन् । स्मार्ट मिटर जडानको ठेक्का भने चिनियाँ कम्पनी पिङगाओ विज्डम ज्वाइन्ट भेन्चरले पाएको छ । उक्त कम्पनीले स्मार्ट मिटरको डिजाइन, आपूर्ति, जडान र सञ्चालनको जिम्मेवारी पाएको प्राधिकरणले बताएको हो ।

 

स्मार्ट मिटर जडान भएपछि मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानुपर्ने हालको व्यवस्था पूर्ण रुपमा अन्त्य हुनेछ र टेलिफोन सेवामा जस्तै स्वचालित विलिङ प्रक्रिया लागू हुनेछ । यस प्रकारको व्यवस्थाले हालको मिटर रिडिङको समयमा लाग्ने लागत समेत घट्न निश्चित छ ।

स्मार्ट मिटर जडानका क्रममा प्राधिकरणले पहिलो चरणमा उपत्यकालाई प्राथमिकतामा राखेको छ । प्राधिकरणका अनुसार, काठमाडौं उपत्यकामा स्मार्ट मिटरिङ आयोजना अन्तर्गत पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र छनोट भएका छन् । उक्त दुई वटा वितरण केन्द्रका करिब ९० हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान गर्ने तयारी अघि बढीसकेको प्राधिकरणले स्पष्ट पारेको छ ।

 

प्रधिकरणले मिटर रिडिङका लागि लाग्ने लागत र समयलाई ध्यानमा राख्दै यस प्रकारको आयोजना अघि बढाएको बताएके छ । स्मार्ट मिटर जडान भएपछि मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानुपर्ने हालको व्यवस्था पूर्ण रुपमा अन्त्य हुनेछ र टेलिफोन सेवामा जस्तै स्वचालित विलिङ प्रक्रिया लागू हुनेछ । यस प्रकारको व्यवस्थाले हालको मिटर रिडिङको समयमा लाग्ने लागत समेत घट्न निश्चित छ ।

 

स्मार्ट मिटर जडानले विद्युत वितरण सेवालाई आधुनिकरण गर्ने, वितरण चुहावटको क्रमलाई घटाई प्राधिकरणको वित्तिय स्वास्थ्यमा सुधार ल्याउने र समग्र वितरण प्रणाली सञ्चालनमा दक्षता बढाउने प्राधिकरणको ठम्याई रहेको छ ।

 

संयोजक शाक्यका अनुसार सरकारको लगानी र एसियाली विकास बैंक (एडीबी)को सहुलितपूर्ण ऋणमा स्मार्ट मिटर प्रणालीलाई काठमाडौं उपत्यकामा नमुना परियोजनाको रुपमा अघि बढाइएको हो ।

 

स्मार्ट मिटर जडानलाई मलुकभर नै विस्तार गर्ने प्राधिकरणको योजना रहेको उनले स्पष्ट पारे । त्यस्तै रत्नपार्क र महारजगञ्ज वितरण केन्द्रका ग्राहकको घरमा स्मार्ट मिटर जडानको काम आगामी वर्षको पुस महिनाभित्र सकिने प्राधिकरणले लक्ष्य राखेको छ ।

२ खर्ब लगानीमा नेपाल र चीनका सरकारी कम्पनीले दुई जलाशययुक्त आयोजना बनाउने Read Previous

२ खर्ब लगानीमा नेपाल र चीनका सरकारी कम्पनीले दुई जलाशययुक्त आयोजना बनाउने

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आजदेखि, इनर्जी बैंकिङ प्राथमिकतामा Read Next

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आजदेखि, इनर्जी बैंकिङ प्राथमिकतामा