कृषि प्रणाली पुनर्संरचना नगर्दा खाद्य संकट निम्तिने जोखिम

काठमाडौं । नेपालको खाद्यन्नमा परनिर्भर रहेको छ । कृषिप्रधान मुलुक भनिए पनि देशमा वर्षेनी उत्पादन घट्दो क्रममा छ । स्वदेशी उत्पादन घट्दा आयात बढ्दो छ ।

कृषिमा आधारित जनसंख्या धेरै भए पनि उत्पादकत्व घट्दो छ । जसले भोकमारी संकट बढाउने देखिन्छ । खेतीकिसानी गर्नेहरूको अवस्था झन्झन् दयनीय बन्दै गएको छ । मूल्यवृद्धिले लागत बढ्दा कृषक महँगीको मारमा परेका छन् ।

दक्षिण एशियाली गरिवी निवारण मञ्चका संयोजक नेत्र तिमलसिना खेतीपाती गर्ने मान्छे ऋणमा पर्न थालेको बताउँछन् । उनले स्थानीय खेतीपातीबाट मानिसहरू विस्थापीत हुँदै गर्दा विश्वरभर भोकमारी बढ्दो क्रममा रहेको बताउँछन् ।

मल, इन्धन, बीउ महंगो हुँदा लगानी महंगो र बेच्दा किसानको पैसा नउठ्ने कारणले खाद्य वस्तुको मूल्य किसानले चाहे अनुसार बनाउनु पर्ने उनले बताए ।

उनले यसका लागि हाल वर्तमान अवस्थामा रहेको कृषि प्रणालीलाई पूर्ण रूपमा पुनर्संरचना गरेर सरकार अघि बढुन् पर्ने बताए । ‘अब वर्तमान कृषि प्रणालीमा पूर्ण रूपमा पुर्नसंरचना गर्नुपर्छ, उत्पादन सम्बन्धमा पूर्णरूपमा फेरबदल गर्नुपर्छ, र न्याय पूर्ण वितरण प्राणाली जबसम्म हुँदैन खाद्य सुरक्षित हुन सक्दैन,’ तिमलसिनाले भने ।

विश्वमा ७० करोड मान्छे भोकमारीमा छन् । तर, विश्वमा पर्याप्त खाद्य छ । १ करोड ३५ लाख मान्छेले खान नै पाउदैनन् । दक्षिण एसियामा ३० करोड मान्छे भोकमारीमा छन् । हाम्रो सबैभन्दा ठूलो कुरा पोषण हो । तर, पायो भने जे पनि खाने
विश्वभर खाद्य अभावका कारण वर्षेनी ९० लाखभन्दा बढीको मृत्यु हुँदै आएको अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले बताएका छन् ।

यस्तै, कृषि विभागका उपमहानिर्देशक हरिबहादुर केसीले नेपालको खाद्य प्रणाली आर्थिक, सामाजिक, राजनितिक, र प्राकृतिक प्रणालीसँग जोडिएको विषय भएको बताउँछन् । नेपालको अधिकांश खेतीयोग्य जमिन बाँझो रहँदा नेपालमा खाद्य अभाव भएको र त्यसले भोकमरी निम्त्याउन सक्ने यनले बताए ।

नेपाल विश्वको भोकमारी हुने देशको ८१ स्थानमा पर्छ । डा. केसी नेपालको खाद्य आयातमा निर्भर भएका कारण कुनै मुलुकले निर्यात बन्द गरेमा भोकमारीतर्फ ढकेलीने बताउँछन् ।
‘नेपालका किसानहरूले आफ्ना उत्पादनहरूको उचित मूल्य नपाउँदा अधिकांश युवाहरू विदेशिएका छन्, सरकारले बाँझो जमिन राख्नेलाई कारबाहीको नियम बनाएपनि त्यसले किसानलाई कृषि तर्फ लाग्न प्रोत्साहन गर्न सकेको छैन,’ केसीले भने ।

अखिल नेपाल किसान महासंघका प्रेम दंगालले नेपालको उत्पादन सन् २०३० सालसम्ममा अहिलेको उत्पादनभन्दा ५० प्रतिशतले बढ्नुपर्ने र २०५० सालमा ७० प्रतिशतले वृद्धि हुनुपर्ने कुरामा जोड दिए ।

विश्वमा भोकमारीको अवस्था

सन् १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो । नेपालले पनि सन् १९८१ मा ‘उब्जनी बढाऔं, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ भन्ने नाराकासाथ पहिलो खाद्य दिवस मनाएको थियो । विश्व भोकमरी सूचक २०२१ का अनुुसार विश्वमा भोकमरी दर बढेको देखाइएको छ ।

राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनबाट प्रकाशित प्रतिवेदन २०१९ सम्म विश्वभरी नै स्थिर रहेको खाद्य तथा पोषण सुरक्षाको अवस्थामा गिरावट आएको छ । सन् २०१९ मा करिब ८ प्रतिशत रहेको कुपोषित जनसंख्या २०२१ सम्म आइपुग्दा बढेर ९.८ प्रतिशत अनुमान गरिएको छ भने सन् २०२१ मा करिब ७०२ देखि ८२८ मिलियन मानिस भोकमरीको अवस्थामा रहेको बताइएको छ ।

विश्व खाद्य कार्यक्रमबाट प्रकाशित प्रतिवेदन २०२२ का अनुसार अघिल्लो वर्ष भन्दा २०२१ मा ४० मिलियन मानिस थप भै करिब १९३ मिलियन मानिस खराब खाद्य असुरक्षाको अवस्थाबाट गुज्रिरहेको छन् ।

त्यस्तै विश्व भोकमरी सूचकांक प्रतिवेदन २०२१ का अनुसार विश्वका ११६ देशमा गरिएको विश्लेषणबाट दक्षिण एसियाका ६ देश समावेश भएका थिए । जसमा अफगानिस्तानको सबै भन्दा खराब सूचकांक पाइएको थियो ।

अफगानिस्तान २८.३ सूचाकांक सहित १०३ औं स्थान, भारत २७.५ सूचकांक सहित १०१ औँ, पाकिस्तान २४.४ सूचकांक सहित ९२ औँ, नेपाल र बंगलादेश १९. १ सूचकांक सहित ७६ औं र श्रीलंका १६ सूचकांक सहित ६५ औँ स्थान उल्लेख गरिएको छ ।

 

मुम्बईमा कारको पछाडिको सिटका यात्रुका लागि पनि सिट बेल्ट अनिवार्य Read Previous

मुम्बईमा कारको पछाडिको सिटका यात्रुका लागि पनि सिट बेल्ट अनिवार्य

तिहार नजिकिएसँगै पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो Read Next

तिहार नजिकिएसँगै पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो