काठमाडौं । नेपालको खाद्यन्नमा परनिर्भर रहेको छ । कृषिप्रधान मुलुक भनिए पनि देशमा वर्षेनी उत्पादन घट्दो क्रममा छ । स्वदेशी उत्पादन घट्दा आयात बढ्दो छ ।
कृषिमा आधारित जनसंख्या धेरै भए पनि उत्पादकत्व घट्दो छ । जसले भोकमारी संकट बढाउने देखिन्छ । खेतीकिसानी गर्नेहरूको अवस्था झन्झन् दयनीय बन्दै गएको छ । मूल्यवृद्धिले लागत बढ्दा कृषक महँगीको मारमा परेका छन् ।
दक्षिण एशियाली गरिवी निवारण मञ्चका संयोजक नेत्र तिमलसिना खेतीपाती गर्ने मान्छे ऋणमा पर्न थालेको बताउँछन् । उनले स्थानीय खेतीपातीबाट मानिसहरू विस्थापीत हुँदै गर्दा विश्वरभर भोकमारी बढ्दो क्रममा रहेको बताउँछन् ।
मल, इन्धन, बीउ महंगो हुँदा लगानी महंगो र बेच्दा किसानको पैसा नउठ्ने कारणले खाद्य वस्तुको मूल्य किसानले चाहे अनुसार बनाउनु पर्ने उनले बताए ।
उनले यसका लागि हाल वर्तमान अवस्थामा रहेको कृषि प्रणालीलाई पूर्ण रूपमा पुनर्संरचना गरेर सरकार अघि बढुन् पर्ने बताए । ‘अब वर्तमान कृषि प्रणालीमा पूर्ण रूपमा पुर्नसंरचना गर्नुपर्छ, उत्पादन सम्बन्धमा पूर्णरूपमा फेरबदल गर्नुपर्छ, र न्याय पूर्ण वितरण प्राणाली जबसम्म हुँदैन खाद्य सुरक्षित हुन सक्दैन,’ तिमलसिनाले भने ।
विश्वमा ७० करोड मान्छे भोकमारीमा छन् । तर, विश्वमा पर्याप्त खाद्य छ । १ करोड ३५ लाख मान्छेले खान नै पाउदैनन् । दक्षिण एसियामा ३० करोड मान्छे भोकमारीमा छन् । हाम्रो सबैभन्दा ठूलो कुरा पोषण हो । तर, पायो भने जे पनि खाने
विश्वभर खाद्य अभावका कारण वर्षेनी ९० लाखभन्दा बढीको मृत्यु हुँदै आएको अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले बताएका छन् ।
यस्तै, कृषि विभागका उपमहानिर्देशक हरिबहादुर केसीले नेपालको खाद्य प्रणाली आर्थिक, सामाजिक, राजनितिक, र प्राकृतिक प्रणालीसँग जोडिएको विषय भएको बताउँछन् । नेपालको अधिकांश खेतीयोग्य जमिन बाँझो रहँदा नेपालमा खाद्य अभाव भएको र त्यसले भोकमरी निम्त्याउन सक्ने यनले बताए ।
नेपाल विश्वको भोकमारी हुने देशको ८१ स्थानमा पर्छ । डा. केसी नेपालको खाद्य आयातमा निर्भर भएका कारण कुनै मुलुकले निर्यात बन्द गरेमा भोकमारीतर्फ ढकेलीने बताउँछन् ।
‘नेपालका किसानहरूले आफ्ना उत्पादनहरूको उचित मूल्य नपाउँदा अधिकांश युवाहरू विदेशिएका छन्, सरकारले बाँझो जमिन राख्नेलाई कारबाहीको नियम बनाएपनि त्यसले किसानलाई कृषि तर्फ लाग्न प्रोत्साहन गर्न सकेको छैन,’ केसीले भने ।
अखिल नेपाल किसान महासंघका प्रेम दंगालले नेपालको उत्पादन सन् २०३० सालसम्ममा अहिलेको उत्पादनभन्दा ५० प्रतिशतले बढ्नुपर्ने र २०५० सालमा ७० प्रतिशतले वृद्धि हुनुपर्ने कुरामा जोड दिए ।
विश्वमा भोकमारीको अवस्था
सन् १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो । नेपालले पनि सन् १९८१ मा ‘उब्जनी बढाऔं, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ भन्ने नाराकासाथ पहिलो खाद्य दिवस मनाएको थियो । विश्व भोकमरी सूचक २०२१ का अनुुसार विश्वमा भोकमरी दर बढेको देखाइएको छ ।
राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनबाट प्रकाशित प्रतिवेदन २०१९ सम्म विश्वभरी नै स्थिर रहेको खाद्य तथा पोषण सुरक्षाको अवस्थामा गिरावट आएको छ । सन् २०१९ मा करिब ८ प्रतिशत रहेको कुपोषित जनसंख्या २०२१ सम्म आइपुग्दा बढेर ९.८ प्रतिशत अनुमान गरिएको छ भने सन् २०२१ मा करिब ७०२ देखि ८२८ मिलियन मानिस भोकमरीको अवस्थामा रहेको बताइएको छ ।
विश्व खाद्य कार्यक्रमबाट प्रकाशित प्रतिवेदन २०२२ का अनुसार अघिल्लो वर्ष भन्दा २०२१ मा ४० मिलियन मानिस थप भै करिब १९३ मिलियन मानिस खराब खाद्य असुरक्षाको अवस्थाबाट गुज्रिरहेको छन् ।
त्यस्तै विश्व भोकमरी सूचकांक प्रतिवेदन २०२१ का अनुसार विश्वका ११६ देशमा गरिएको विश्लेषणबाट दक्षिण एसियाका ६ देश समावेश भएका थिए । जसमा अफगानिस्तानको सबै भन्दा खराब सूचकांक पाइएको थियो ।
अफगानिस्तान २८.३ सूचाकांक सहित १०३ औं स्थान, भारत २७.५ सूचकांक सहित १०१ औँ, पाकिस्तान २४.४ सूचकांक सहित ९२ औँ, नेपाल र बंगलादेश १९. १ सूचकांक सहित ७६ औं र श्रीलंका १६ सूचकांक सहित ६५ औँ स्थान उल्लेख गरिएको छ ।