मुम्बईमा कारको पछाडिको सिटका यात्रुका लागि पनि सिट बेल्ट अनिवार्य

मुम्बई । भारतको वित्तीय केन्द्र मुम्बईमा नोभेम्बर देखि कारको पछाडिको सिटमा बस्नेहरूका लागि पनि सिट बेल्ट लगाउन अनिवार्य गरिएको मुम्बई ट्राफिक प्रहरीले जनाएको छ।

यसअघि अगाडिको सिटका यात्रुले मात्र सिट बेल्ट लगाउनुपर्ने अनिवार्यता थियो तर गत महिना सडक दुर्घटनामा परी व्यापारी साइरस मिस्त्रीको मृत्युले सिट बेल्ट लगाउनुको महत्त्व बढेको भन्दै नयाँ नियम लागू गरिँदै छ।

मुम्बई ट्राफिक प्रहरीका अनुसार नयाँ नियमको पालना नगरेमा दण्डनीय हुने बताइएको छ । भारतको यातायात मन्त्रालयले सन् २०२० मा भारतमा ३६ लाख ६१ हजार १३८ सडक दुर्घटनाहरू रेकर्ड गरेको थियो जसमा १३ लाख एक हजार ७१४ जनाको मृत्यु भएको थियो भने तीन लाख ४८ हजार २७९ जना घाइते भएका छन्।

चितवनको १४०० हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ, बाँझो जमिनमा फल्न थाल्यो अन्न Read Previous

चितवनको १४०० हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ, बाँझो जमिनमा फल्न थाल्यो अन्न

कृषि प्रणाली पुनर्संरचना नगर्दा खाद्य संकट निम्तिने जोखिम Read Next

कृषि प्रणाली पुनर्संरचना नगर्दा खाद्य संकट निम्तिने जोखिम