बैंक अफ काठमाण्डूद्धारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । बैंक अफ काठमाण्डूले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको असोज ३० गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४.९५ प्रतिशत नगद गरी कुल २०.९५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

बैंकले घोषणा गरेको लाभांश अघिल्लो आव २०७७/७८ को तुलनामा झन्डै ७ प्रतिशत बढी हो । बैंकले उक्त आवमा १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश दिएको थियो ।

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

१३ वर्षमा अघि बढेन नेपालगञ्ज सुक्खा बन्दरगाह निर्माण, भारतले दिएन चासो Read Previous

१३ वर्षमा अघि बढेन नेपालगञ्ज सुक्खा बन्दरगाह निर्माण, भारतले दिएन चासो

देशभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द, मापदण्डमा कडाइ गरिने Read Next

देशभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द, मापदण्डमा कडाइ गरिने