जनउत्थान सामुदायिक लघुवित्तको सेयर विक्रीमा, प्रतिकित्ता भाउ कति ?

काठमाडौं। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले केही संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको २५ हजार कित्ता सेयर बिक्री गर्ने जनाएको छ ।

खरिद गर्न चाहने व्यक्ति तथा संस्थाले बोलकबोलमा भाग लिनसक्ने र १५ दिनभित्र खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई लिखित निवेदन पेस गर्न सक्नेछन् ।

सेयरको न्युनतम मूल्य लघुवित्तले ९ सय रुपैयाँ तोकेको छ। तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन नपाइने संस्थाले जनाएको छ । संस्थाले यसअघि संस्थापक सेयरधनीलाई सेयर किन्न आह्वान गरेको ३५ दिन भित्र आवेदन नपरेपछि अन्य संस्था वा व्यक्तिका लागि आवेदन खुलाइएको छ ।

संस्थापक सेयर बिक्रि गर्दा कायम सेयरधनीलाई पहिलो प्रथमिकता दिनुपर्ने नेपाल राष्ट्र बैंकको प्र्रावधान रहेको छ । यस लघुवित्तको केन्द्रिय कार्यालय ेबुटवलमा रहेको छ ।

सोल्टी समूहको चौथो होटल चितवनको पटिहानीमा, १ अर्ब लगानी Read Previous

सोल्टी समूहको चौथो होटल चितवनको पटिहानीमा, १ अर्ब लगानी

कुमारी बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत Read Next

कुमारी बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत