एनसीसी बैंकको लाभांश घोषणा

काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षका लागि ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद लाभांश दिने घोषणा भएको हो ।

अघिल्लो वर्ष बैंकले ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद दिएकोमा यस पटक भने लाभांश बढेको छ । बैंकका अनुसार गत आवको वितरणयोग्य नाफाबाट कायम चुक्ता पूँजीको प्रस्तावित लाभांश दिने भएको हो ।

यस बैंकको हाल चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ रहेको छ। जसको ३.३७ प्रतिशत ३७ करोड ५० लाख रुपैयाँ हुन्छ। बैंकले बोनस वितरण गरेपछि चुक्ता पूँजी ११ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ कायम हुनेछ ।

सेयरधनीले राष्ट्र बैंक र साधारण सभाबाट अनुमोदन प्रस्तावित लाभांश अनुमोदन भएपछि पाउनेछन् ।

वर्षाले धानबाली नष्ट हुँदा किसानको दुखेसो, ‘किन खेती लगाइएछ जस्तै लागेको छ’ Read Previous

वर्षाले धानबाली नष्ट हुँदा किसानको दुखेसो, ‘किन खेती लगाइएछ जस्तै लागेको छ’

सोल्टी समूहको चौथो होटल चितवनको पटिहानीमा, १ अर्ब लगानी Read Next

सोल्टी समूहको चौथो होटल चितवनको पटिहानीमा, १ अर्ब लगानी