पिपुल्स हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको प्राथमिक साधारण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले भदौ ३१ देखि आयोजना प्रभावित क्षेत्र लमजुङवासीका लागि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयरमा आवेदन दिने अन्तिम दिन हो ।

३२ लाख कित्ता सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७का स्थानीय बासिन्दाहरुका लागि ९ लाख ६० हजार कित्ता र लमजुङ जिल्लाका अन्य बासिन्दाका लागि २२ लाख ४० हजार कित्ता सेयर छुट्याइएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्डर, एनएमबी बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेंसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपाले केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

 

विश्व अर्थतन्त्रमा मन्दी आएकै हो ? Read Previous

विश्व अर्थतन्त्रमा मन्दी आएकै हो ?

निजी क्षेत्रको अवस्थाबारे प्रतिवेदन तयार गरिने, अन्तर्राष्ट्रिय वित्त निगम र महासंघ बीच सहकार्य Read Next

निजी क्षेत्रको अवस्थाबारे प्रतिवेदन तयार गरिने, अन्तर्राष्ट्रिय वित्त निगम र महासंघ बीच सहकार्य