बाराही हाइड्रोपावरले कात्तिक ४ देखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीले कात्तिक ४ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङबासीका लागि आइपीओ जारी गर्न गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २ करोड ५० लाख रुपैययाँ बराबरको २ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।

उक्त आइपीओमा जिल्लाका जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ (साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस) तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । उक्त आइपीओमा स्थानीयले कात्तिक १८ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर विक्री नभएमा मंसिर ४ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले एनएमबी बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट अनुाति प्राप्त सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका ताकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

 

सिटिजन्स बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

सिटिजन्स बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुखबीच भेटघाट Read Next

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुखबीच भेटघाट