काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साधरण सभा प्रयोजनका लागि भोलि (असोज २८ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।
कम्पनीले आर्थिक वर्ष गत २०७८/७९ को मुनाफाबाट ९ प्रतिशत (करसहित) नगद लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको कात्तिक ४ गते हुने साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।