नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । अघिल्ला दुई कारोबार दिनमा ४३ अंकले घटेको नेप्से आज दोहोरो अंकले बढेको हो ।

सूचकसँगै कारोबार रकममा पनि सामान्य बढोत्तरी भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १४ करोडले बढेर झन्डै पौने अर्ब पुगेको छ ।

बुधबार नेप्से परिसूचक ११.३६ अंकले बढेर १८६६.५२ विन्दुमा पुगेको छ । यसदिन २२३ कम्पनीको ६९ करोड १७ लाख रुपैयाँ बढीको २० लाख ८५ हजार २८४ कित्ता सेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सामूहि लगानी कोष र व्यापार बाहेक अरु सबै समूहको बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.६८ प्रतिशतले बढेको छ ।

आज नबिल बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । यसको २ करोड ४० लाख बढीको सेयर किनबेच भएको छ । यसैगरी, रिडी पावर २ करोड र गोर्खाज फाइनान्स पौने २ करोडको सेयर कारोबार हुँदै शीर्ष तीनमा रहे ।

बढ्दो बजारमा आज अभियान लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, महुली लघुवित्त ५.५१, प्रोग्रेसिभ फाइनान्स ५.३५, दिव्यश्वरी र जोशी हाइड्रोपावरको सेयर मूल्य साढे ४ प्रतिशत बढेको छ । त्यस्तै, युनिभर्सल पावर, घलेम्दी हाइड्रोपावर र श्री इन्भेष्मेन्टका सेयरधनीले ४ प्रतिशत कमाएका छन् ।

 

चितवन र तनहुँ जोड्ने पुल ८ वर्षदेखि अलपत्र Read Previous

चितवन र तनहुँ जोड्ने पुल ८ वर्षदेखि अलपत्र

नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत Read Next

नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत