काठमाडौं । राधी विद्युत् कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज ५ गतेदेखि विक्रीमा ल्याएको १४७ प्रतिशत अर्थात् १ः१.४७५२ अनुपातमा शकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर विक्रीमा ल्याएको छ ।
हकप्रद निष्काशनका लागि कम्पनीले भदौ १२ गते बुकक्लोज गरेको थियो। सो अनुसार १० गते (शुक्रबार)सम्म कायम सेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउने छन् ।
लगानीकर्ताले हकप्रदमा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकका शाखा कार्यालय, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर त्रिपल बी माइनस रेटिङ’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ।
हाल ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ चुक्ता पूँजी रहेको राधीको हकप्रदपछि १ अर्ब ५९ करोड ९९ लाख ८० हजार ७२१ रुपैयाँ पुग्नेछ।