एकदिन पनि टिकेन नेप्सेको उछाल, यी हुुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार एकैदिन ४४ अंकले बढेको नेप्सेमा आज उच्च अंकको गिरावट आएको हो ।

नेप्सेमा आएको उछाल एकदिन पनि टिक्न सकेन । दशैंपछि कारोबार खुलेको पहिलो दिन उच्च अंकले बढेको नेप्सेले लय समाउने लगानीकर्ताको आकलन भए पनि बजारले गति लिन सकेन ।

सोमबार नेप्से परिसूचक २७.१६ अंकले घटेर १८७१.२२ विन्दुमा आइपुगेको छ । यसदिन २३३ कम्पनीको ९७ करोड १७ लाख रुपैयाँ बढीको ३१ लाख ५५ हजार ६९५ कित्ता सेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । विकास बैंक समूह सबैभ्न्दा धेरै २.६५ प्रतिशतले घटेको छ ।

आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको साढे १६ करोड बढीको सेयर किनबेच भएको छ ।

उच्च अंकले घटेको बजारमा आज गरिमा विकास बैंकका डिबेन्चरधनीले सर्वाधिक ८.१३ प्रतिशत गुमाएका छन् । त्यस्तैगरी, सिभिल लघुवित्त ६.३३, कृषि विकास बैंकको डिबेन्चर (२०८३) ५.८६, कर्णाली डेभलपमेन्ट बैंक ५.४६, पन्चकन्यामाइ हाइड्रोपावर, महुली लघुवित्त, पाँचथर पावर, मिथिला लघुवित्त, आशा लघुवित्तको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरै घटेको छ ।

चुनावी मैदानबाट बाहिरिए यी २ दर्जन शीर्ष नेता Read Previous

चुनावी मैदानबाट बाहिरिए यी २ दर्जन शीर्ष नेता

उद्योग नचल्दा दैनिक २०० मेगावाट बिजुली खेर, प्राधिकरणलाई २० करोड नोक्सानी Read Next

उद्योग नचल्दा दैनिक २०० मेगावाट बिजुली खेर, प्राधिकरणलाई २० करोड नोक्सानी