टेस्लाका मालिक एलन मस्कले एकै दिनमा गुमाए १० अर्ब डलर

काठमाडौं । विद्युतीय कार निर्माता कम्पन अमेरिकी कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कले एकैदिन १० अर्ब डलर गुमाएका छन् ।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार एलोन मस्कको सम्पत्ति एकै दिनमा १०.३ अर्ब डलर घटेको हो । यसपछि उनको नेट वर्थ घटेर २१० बिलियन डलर पुगेको छ ।

विश्वको दोस्रो धनी व्यक्ति अमेजनका जेफ बेजोसलाई एकै दिन ५ अर्ब ९२ करोड डलरको घाटा भएको छ । बेजोसको कुल सम्पत्ति १३७ बिलियन डलरमा झरेको छ । योसँगै सूचीको तेस्रो नम्बरमा रहेका फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति ४ अर्ब ८५ करोड डलरले घटेर १३१ अर्ब डलरमा झरेको छ ।

सूचीमा चौथो नम्बरमा रहेका एसियाका धनी गौतम अडानीले २ अर्ब ११ करोड डलर वा १७ हजार करोडभन्दा बढीको सम्पत्ति गुमाएपछि उनको कुल सम्पत्ति १२५ अर्ब डलरमा झरेको छ । पाँचौं धनी माइक्रोसफ्टका बिल गेट्सको सम्पत्ति २.६५ अर्ब डलरले घटेर १०६ अर्ब डलर पुगेको छ भने छैटौं धनी वारेन बफेटको सम्पत्ति २.२९ अर्ब डलरले घटेर ९४.२ अर्ब डलर पुगेको छ ।

मनसुन नहट्दै काठमाडौंमा किन बढ्यो चिसो ? Read Previous

मनसुन नहट्दै काठमाडौंमा किन बढ्यो चिसो ?

विश्वका अब्बल कामदार तान्न यूएईको डिजिटल घुमन्ते भिसा नीति, ठूला अर्थतन्त्र भएका देश दबाबमा Read Next

विश्वका अब्बल कामदार तान्न यूएईको डिजिटल घुमन्ते भिसा नीति, ठूला अर्थतन्त्र भएका देश दबाबमा