९ दिनपछि खुलेको सेयर बजारमा उछाल, यी हुुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । दशैं बिदाका कारण लगातार ९ दिन बन्द भएर खुलेको सेयर बजारमा आज उच्च अंकको बढोत्तरी आएको हो ।

यस साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ४४.६२ अंकले बढेर १८९८.३८ विन्दुमा पुगेको छ ।यसदिन कारोबारमा आएका २२४ कम्पनीको २२५ लाख ३३ हजार ३९३ कित्ता सेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।

आज ८३ करोड ६८ लाख ७३ हजार १४० रकम बराबरको सेयर कारोबार भएको छ  यसदिन कारोबारमा आएका १३ वटै उपसमूहमा हरियाली छाएको छ । सबैभन्दा धेरे मूल्य बढ्नेमा फाइनान्स समूह रहेको छ । यस समूहको ४.६९ प्रतिशत बढीले सेयर मूल्य बढेको हो ।

विकास बैंक समूहको ४.५,हाइड्र्रोपावर,अन्य, मेनुफ्याक्चरीङको २ प्रतिशत बढीले सेयर मूल्य बढेको छ । आज सबैभन्दा धेरै कारोबार हुनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेको छ ।

यस कम्पनीको २२ करोड ६९ लाख ८१ हजार ७४४ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नबिल बैंकको ३ कररोड ५१ लाख,हिमालय डिष्ट्रिलरीको २ करोड रुपैयाँ बढीको सेयर कारोबार हँदै शीर्ष स्थानमा रहे ।

दोहोरो अंकले बढेको बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन सप्तकोसी डेभलपमेन्ट र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ प्रतिशत बढीले कमाएका छन् ।

गुहेश्वरी मर्चेन्ट बैंकको र मितेरी विकास बैंकको सेयर मूल्य ८ प्रतिशत बढीले बढेको छ । यसैगरी,एक्सेल विकास बैंक,कर्णाली डेभलपमेन्ट बैंक,पन्चकन्या माइ हाइड्रोपावर र गोर्खाज फाइनान्सका लगानीकर्ताले ७  प्रतिशत बढीले कमाएका छन् ।

यसदिन सबैभन्दा धेरै गुमाउनेमा ग्लोबल आइएमई ब्यालेन्स फन्डका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ४.४८ प्रतिशतले गुमाएका छन् ।

हुलाकी सडकले बदलेको कथा : हरेक किलोमिटरमा चोक, जग्गाको भाउ छोइनसक्नु Read Previous

हुलाकी सडकले बदलेको कथा : हरेक किलोमिटरमा चोक, जग्गाको भाउ छोइनसक्नु

आयल निगम डेढ वर्षपछि नाफामा, अब घटाउला इन्धनको भाउ ? Read Next

आयल निगम डेढ वर्षपछि नाफामा, अब घटाउला इन्धनको भाउ ?