थप दुई देशसँग हवाई सम्झौताको अन्तिम तयारी

काठमाडौं । नेपाल र स्विट्जरल्यान्डबीच द्विपक्षीय हवाई सम्झौताको अन्तिम तयारी भएको छ । क्यानाडाको मन्ट्रियलमा हालै भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ४१औँ त्रैवार्षिक महासभाका अवसरमा दुई देशबीच प्रारम्भिक हवाई सम्झौताको सैद्धान्तिक सहमति भएको हो ।

नेपाल र स्विट्जरल्यान्डबीच एयर कनेक्टिभिटीका लागि एमओयू भएको र अरू धेरै मुलुकसँग एमओयू गर्ने पाइपलाइनमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए ।

दुई मुलुकबीच हवाई सम्झौता गर्ने सहमति भएको र छिट्टै औपचारिक सम्झौता हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उड्डयन महाशाखा प्रमुख एवम् सहसचिव बुद्धिसागर पर्यटन मन्त्रालयका सहसचिव लामिछानेले जानकारी दिए ।

‘नेपालले स्विट्जरल्याण्डसँग हवाई सेवा सम्झौता गर्ने छलफल भई करिब अन्तिम चरणमा पुगेको छ । नेपालसँग हवाई सम्झौता गर्ने स्विट्जरल्यान्डको रुचि थियो । हामी (नेपाल)ले प्रक्रिया पुर्याएर सम्झौता गरौँ भन्ने सहमत भयौँ । भेटको उपलक्षमा ‘रेकर्ड अफ डिस्कसन’ भएको छ । दुवै मुलुकले आन्तरिक तयारी गरेर छिट्टै यसलाई पूर्णता दिन्छौँ ।’

सहसचिव लामिछानेले नेपालको नीति नै अन्य मुलुकसँग हवाई सम्झौता गर्दै जाने रहेको भन्दै कुनै मुलुकले चासो जनाएमा सम्झौता गरेर जाने बताउए । दुवै देशका नागरिक उड्डयन मन्त्रालयबीच हवाई सम्झौता हुन्छ । ‘औपचारिक सम्झौताका लागि ‘टेक्स्ट्’ आदान–प्रदान हुन्छ । हामीले पठाइसकेका छौं उता (स्विट्जरल्यान्ड) बाट पनि टेक्स्ट आएपछि सम्झौता प्रक्रिया टुङ्गिन्छ,’ सहसचिव लामिछानेले भने ।

इन्डोनेसियासँगको सम्झौता अन्तिम चरणमा

नेपालले मध्यपूर्वी एसियाली मुलुक इन्डोनेसियासँग पनि छिट्टै हवाई सेवा सम्झौता गर्नेगरी तयारी गरेको छ । दुई मुलुकबीच हवाई सम्झौताको अन्तिम तयारी भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ । इन्डोनेसिया–नेपाल दुईतर्फी उडानका लागि मन्त्रालयले आधिकारिक जिएसए तोकिसकेको छ । इन्डोनेसियाको गरुडा एयरका लागि नेपालको सोसाइटी इन्टरनेशनल आधिकारिक सीएसए रहेको छ ।

नेपालले हाल ४० देश र युरोपेली सङ्घ (ईयू) गरी ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ । तीमध्ये २० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । सरकारले पछिल्लो पटक अष्ट्रेलियासँग द्विपक्षीय हवाई सेवा सम्झौता गरेको थियो ।

नेपालले अमेरिकासँग हवाई सम्झौता गर्दै, ईयूको सुरक्षा सूचीबाट हट्ला ? Read Previous

नेपालले अमेरिकासँग हवाई सम्झौता गर्दै, ईयूको सुरक्षा सूचीबाट हट्ला ?

अमेरिकी डलर कसरी बन्यो दुई दशक यताकै शक्तिशाली ? Read Next

अमेरिकी डलर कसरी बन्यो दुई दशक यताकै शक्तिशाली ?