३४ कम्पनीले १२ अर्बको आइपीओ निष्काशन गर्दै, कुनले कति कित्ता ?

काठमाडौं । पछिल्लो समय शेयर बजारमा आउने कम्पनीहरूकाे संख्या बढ्दै गएकाे छ ।पूँजी बजारकाे दायरा विस्तार गर्न सरकारले गरेका नीतिगत प्रयास र कम्पनीहरू पब्लिक लिमिटेडमा जानेक्रम बढेसँगै आइपीओ निष्कासनका लागि धिताेपत्र बाेर्डमा निवेदन दिनेकाे संख्या बढ्दै गएकाे हाे ।

पूँजी बजारकाे नियामक धिताेपत्र बाेर्डका अनुसार हाल विभिन्न ३४ कम्पनीको शेयर निष्काशन पाईपलाइनमा रहेकाे छ ।
यी कम्पनीले सर्वसाधारका लागि आइपीओ जारी गर्ने भएका हुन् ।

३४ कम्पनीले १२ अर्ब १० करोड ५७ लाख ३० हजार ७८५ रुपैयाँको ८ करोड १८ लाख २५ हजार ४८१ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छन् ।

यी कम्पनीमध्ये २ कम्पनीले बुक विल्डिङ विधिमार्फत् र २ कम्पनीले प्रिमियम मूल्यमा शेयर निष्कासन गर्ने भएका छन् ।
आइपीओ निष्काशनकाे पाइपलाइनमा अधिकांश हाइड्रोपावर कम्पनी रहेका छन् ।

बाेर्डका अनुसार आवेदन दिनेमा २० जलविद्युत कम्पनीले रहेका छन् । त्यस्तै २ वटा बीमा कम्पनी, उत्पादन मुलक कम्पनी ३ वटा, ३ वटा माइक्रोफाइनान्स लगायत अन्य कम्पनीहरु छन् ।

सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत् आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका छन् ।
कम्पनीले शुरुमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गर्नेछन् । सर्वोत्तम सिमेन्टले शुरुमा २४ करोड रूपैयाँको २४ लाख कित्ता आईपीओ निष्कासन गर्ने बाेर्डले जनाएको छ ।

रिलायन्सले पनि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गर्ने छ । कम्पनीले ७ करोड ७० लाख ६४ हजार रूपैयाँको ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर बिक्री गर्ने भएकाे हाे ।

यस्तै, रियल सेक्टरकै कम्पनी घोराही सिमेन्ट र रिलायबल लाईफ इन्स्योरेन्सले प्रिमियम मुल्यमा सेयर निष्कासन गर्ने जनाएका छन् । कम्पनीले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर निष्कासन गर्न आवेदन दिएको छ ।
सिमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ३ लाख ९७ हजार १९० कित्ता र सर्वसाधारणलाई ७५ लाख ४६ हजार ६११ कित्ता सेयर निष्कासन गर्ने भएको हाे ।

कम्पनीका अनुसार आयोजना प्रभावितलाई स्थानीयलाई १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँमा सेयर निष्कासन गिरने छ भने सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँमा निष्कासन गरिने भएको छ ।

यसैगरी, रिलायबल लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड २० लाख रुपैयाँको ६० लाख कित्ता सेयर निष्कासन गर्ने प्रश्ताव बाेर्डमा गरेकाे छ । यस कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्कासन गर्ने जनाएको छ ।

यसैगरी,आईएमई लाइफ इन्स्योरेन्स, कुन्थेली बुखारी स्मल हाइड्रो, ट्रेड टावर लिमिटेड, परमाई हाइड्रोपवार, सगरमाथा जलविद्युत कम्पनी, माई खोला हाइड्रो, मोदी इनर्जी लिमिटेड, सोनापुर मिनरल्स एण्ड ओइल, मेन्छियाम हाइड्रो, सानिमा मिडल तमोर, मोलुङ हाइड्रो कम्पनी, बाराही हाइड्रो, एशियन हाइड्रो, मुक्तिनाथ कृषि कम्पनी, कालिन्चोक दर्शन, सिटी होटेल लिमिटेड, इन्गुवा हाइड्रोले आईपीओ निष्कासन गर्न अनुमति मागेका छन् ।

बाेर्डका अनुसार सुपर मादी हाइड्रो, शुभम पावर, थ्री स्टार हाइड्रो, आत्मानिर्भर लघुवित्त, डिश मिडिया नेटवर्क, माया खोला हाइड्रो, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, मकर जितुमाया सुरी हाइड्रो, हाथवे इन्भेष्टमेन्ट, बिपीडब्लु लघुवित्त, घोराही सिमेन्ट, अपर स्यांगे हाइड्रो, रावा इनर्जी डेभलपमेन्ट कम्पनीले पनि आवेदन दिएका छन् ।

यसैगरी, रिलायन्स स्पिनिग मिल्स, दोल्ती पावर कम्पनी, सिटि होटल, हाईखोला हाईड्रोपावर, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, सुपरमाई हाईड्रोपावर, मोलुङ हाईड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएका छन् ।

सरकारले चालु आर्थिक वर्षकाे बजेट मार्फत प्राकृतिक स्राेत उपयाेग गर्ने कम्पनीहरूलाई अनिवार्य शेयर बजारमा आउनुपर्ने व्यवस्था गरेकाे छ । यसका साथै रियल सेक्टरका कम्पनीहरू पनि आइपीओ निष्काशनकाे तयारीमा छन् ।

सरकारले गरेकाे नीतिगत व्यवस्थाले अझै थप कम्पनीहरू शेयर बजारमा आउने अपेक्षा गरिएकाे छ ।

 

यी ९ कम्पनीकाे शेयर खरिद गरे अझै पाइन्छ लाभांश,भएन बुक क्लाेज Read Previous

यी ९ कम्पनीकाे शेयर खरिद गरे अझै पाइन्छ लाभांश,भएन बुक क्लाेज

नेपालले अमेरिकासँग हवाई सम्झौता गर्दै, ईयूको सुरक्षा सूचीबाट हट्ला ? Read Next

नेपालले अमेरिकासँग हवाई सम्झौता गर्दै, ईयूको सुरक्षा सूचीबाट हट्ला ?