यी ९ कम्पनीकाे शेयर खरिद गरे अझै पाइन्छ लाभांश,भएन बुक क्लाेज

काठमाडौँ । चालु आर्थिक वर्षमा एक दर्जन बढी कम्पनीहरूले लाभांश वितरण गर्ने घाेषणा गरेका छन् ।
ती मध्ये ९ कम्पनीको बुक क्लोज भएकाे छैन् । जसकाे कारण लगानीकर्ताले यी कम्पनीको शेयर खरिद गर्दा अझै लाभांश पाउछन् ।
हालसम्म बुक क्लाेज नगर्नेमा दुई वाणिज्य बैंक पनि रहेका छन् । गत आबको नाफाबाट दुई कुमारीले १२.५ र सिटिजन्स बैंकले ९ प्रतिशत नगद लाभांशको घोषणा गरेका छन् ।

यसैगरी, जीवन बीमा कम्पनी तर्फ नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ सम्मको संचित नाफाबाट १५.७८९५ प्रतिशत नगद लाभांश र नेसनल लाइफले १५ प्रतिशत बोनस तथा कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आवको नाफाबाट ४.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यसैगरी,अरुण काबेलीले गत आर्थिक वर्षसम्मको संचित नाफाबाट १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

बोटलर्स नेपाल तराईले ६० प्रतिशत र बोटलर्स नेपाल बालाजुले २० प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरिसकेका छन् । रुरु जलविद्युत् परियोजनाले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

बेमौसमी वर्षाले जलविद्युत्, सडक र कृषिमा क्षति Read Previous

बेमौसमी वर्षाले जलविद्युत्, सडक र कृषिमा क्षति

३४ कम्पनीले १२ अर्बको आइपीओ निष्काशन गर्दै, कुनले कति कित्ता ? Read Next

३४ कम्पनीले १२ अर्बको आइपीओ निष्काशन गर्दै, कुनले कति कित्ता ?