रौतहटको बङ्कुलमा छोटी भन्सार सञ्चालन, चार भन्सार कार्यालय १५ वर्षदेखि बन्द

रौतहटको बङ्कुलमा रहेको छोटी भन्सारको कार्यालय सञ्चालनमा आएपछि व्यापारीलाई सहज भएको छ । करीब पाँच महीनापछि बङ्कुलमा रहेको छोटी भन्सार कार्यालय सञ्चालनमा आएको हो ।

 

लामो समयदेखि कर्मचारी नहुँदा बन्द रहेको छोटी भन्सार कार्यालय सञ्चालनमा आएपछि व्यापारीलाई सहज भएको छ । भारतबाट सामान आयात गर्दै आएका त्यस क्षेत्रका व्यापारीले राजश्व बुझाउन नपाउँदा सामान चोरी तस्करी गरेर ल्याउने गरेका थिए । चोरी तस्करी बढेको भन्दै प्रशासनको दबाबपछि गौर भन्सार कार्यालयले कर्मचारी पठाएर कार्यालय सञ्चालन गरेको हो ।

 

जसका कारण भारतबाट आयात गर्ने सामनमा कडाइका साथ जाँच हुने गरेको छ । छोटी भन्सार सञ्चालनमा नआएकै कारण तस्करलाई फाइदा पुगेको स्थानीयवासी बताँउछन् ।

 

अहिले कार्यालयमा दुई कर्मचारी बस्न थालेको भन्सार कार्यालय गौरका भन्सार अधिकृत आशुतोष राईले बताए। कर्मचारी अभावले बङ्कुल छोटी भन्सार सञ्चालन हुन ढिला भएको उनले बताए ।

 

अहिले गौर भन्सार र बङ्कुल छोटी भन्सार सञ्चालनमा छ भने अन्य कार्यालय बन्द हुँदा राजश्व प्रभावित भएको छ । भारतसँग सीमा जोडिएको रामपुरखाप, औरैया, ब्रह्मपुरी र मठिया छोटी भन्सार कार्यालय करीब झण्डै १५ वर्षदेखि बन्द छ ।

 

मन्त्रालयले भन्सार कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी पठाउनुको साटो काजमा कर्मचारी अन्यत्र पठाउने गरेकाले समस्या भएको भन्सार अधिकारीको गुनासो छ ।रासस

चीनका नाकामा सहज प्रवेश र मल्टिपल भिसाको व्यवस्था गर्न व्यवसायीको माग Read Previous

चीनका नाकामा सहज प्रवेश र मल्टिपल भिसाको व्यवस्था गर्न व्यवसायीको माग

माछापुच्छ्रे बैंकको १६ प्रतिशत लाभांश पारित Read Next

माछापुच्छ्रे बैंकको १६ प्रतिशत लाभांश पारित