साझाका ३७ वटा विद्युतीय बस चीनबाट हिँडे, दशैंपछि नेपाल आइपुग्ने

काठमाडौं । साझा यातायातका ३७ वटा विद्युतीय बस चीनबाट नेपाल ल्याउन लागिएको छ । साझाका ४० वटा विद्युतीय बस मध्ये यसअघि  गत चैतमा ३ वटा ल्याइएको थियो । बाँकी ३७ वटा अहिले ल्याउन लागिएको हो ।

साझाका कार्यकारी निर्देशक भुषण तुलाधरले ३७ वटा विद्युतीय बस चीनको न्यान्जिङ्गबाट काठमाडौंका लागि पठाइएको जानकारी दिए ।

उनले साझाका बस ट्रेलरमा राखेर ल्याउन लागिएको बताए । तातोपानी नाका हुँदै ती बस काठमाडौं ल्याइने उनले बताए ।‘साझाका ३७ वटा विद्युतीय बस बोकेका ट्रेलर चीनबाट हिँडिसके । पहिला ३ वटा बस ल्याइएको कोदारी हुँदै ल्याइन्छ,’ उनले भने, ‘सम्भवतः दशैंपछि ती बस भन्सारमा आइपुग्ने छन् ।’

चिनियाँ कम्पनी सीएचटीसी (नान्जिङ) अटो कम्पनी लिमिटेडले साझाका ४० वटा विद्युतीय बस बनाउने ठेक्का पाएको थियो । सरकारले २०७५ पुष ९ गते ३०० वटा विद्युतीय बस सरकारी लगानीमा किन्ने निर्णय गरेको थियो । सरकारले २०७६ सालमा साझा यातायातलाई विद्युतीय बस किन्न दिने निर्णय गरेको थियो ।
 


साढे ८ मिटर लामो २६ सिटे विद्युतीय बस ल्याएको हो । साझा यातायातले भ्याटसहित कुल ६१ करोड रुपैयाँ लगानीमा ४० वटा विद्युतीय बस ल्याएको हो । एउटा गाडीको मूल्य भ्याटसहित डेढ करोड रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ ।

बसका लागि आवश्यक चार्जर सोही कम्पनीले ल्याउने छ । कम्पनीले २० वटा चार्जिङ स्टेसन बनाएर दिने छ । उक्त कम्पनीले बस ल्याएको ५ वर्षको मर्मत सम्भार समेत निःशुल्क गर्नुपर्ने व्यवस्था सम्झौतामा उल्लेख भएको तुलाधारले बताए ।

२६ सिट क्षमताका बस अपाङ्गतामैत्री रहने छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु लिइ २०० किमी गुड्न सक्नेछन् । यी बसहरूमा वाइफाइ, टीभी डिसप्ले, सीसी क्यामेरा लगायतका विशेषता हुनेछन् ।

 

 

नेपालको निर्यात सम्भावना वार्षिक १० खर्ब, आठ गुणा सम्भावना खेर फाल्दै Read Previous

नेपालको निर्यात सम्भावना वार्षिक १० खर्ब, आठ गुणा सम्भावना खेर फाल्दै

निजी क्षेत्रलाई विद्युत् व्यापारमा अनुमति दिन अध्यादेश ल्याउँदै सरकार Read Next

निजी क्षेत्रलाई विद्युत् व्यापारमा अनुमति दिन अध्यादेश ल्याउँदै सरकार