गुराँस लाइफले लाभांश सुरक्षित गर्न तोक्यो बुकक्लोज, कहिलेसम्म किन्ने सेयर ?

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले मर्जर प्रस्ताव र लाभांश पारित गर्न साधरण सभा डाकेको छ । कम्पनीले आगामी कात्तिक ४ गते १२ वार्षिक साधरण सभा बोलाएको हो ।

कम्पनीले सभा प्रयोजनका लागि असोज २६ गते बुकक्लोज गर्ने भएको हो । सो अनुसार असोज २५ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

कम्पनीले आर्थिक वर्ष गत २०७६/७७ को मुनाफाबाट ७.४४ प्रतिशत बोनश सेयर र कर प्रयोजनक लागि ०.३९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको कात्तिक ४ गते हुने साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

वाणिज्य बैंक बीच ठूलो बन्ने होडबाजी : ३ बैंक आधा खर्बका बन्दै, मर्जरपछि कुन कत्रो बन्छन् ? Read Previous

वाणिज्य बैंक बीच ठूलो बन्ने होडबाजी : ३ बैंक आधा खर्बका बन्दै, मर्जरपछि कुन कत्रो बन्छन् ?

लुम्बिनीमा बिजुली बस संचालनमा, यस्तो छ रुट Read Next

लुम्बिनीमा बिजुली बस संचालनमा, यस्तो छ रुट