नागरिक लगानी कोषले हिमाल दोलखाको हकप्रद सेयर प्रत्याभूति गर्ने

काठमाडौं । नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको प्रत्याभूति गर्ने भएको छ ।

कोष र हाइड्रोपावर कम्पनीबीच आज प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी रु १ अर्ब ६० करोडको ७५ प्रतिशतले हुने रु १ अर्ब २० कारोडको १ करोड २० लाख कित्ता हकप्रद शेयरको प्रत्याभूति कोषले गर्नेछ ।

सोसम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरका तर्फबाट अध्यक्ष रञ्जना दाहालले हस्ताक्षर गरेका छन् ।

वाणिज्य बैंकको संख्या २१ वटामा झर्दै, मर्जरमा जानैपर्ने दबाबमा यी बैंक Read Previous

वाणिज्य बैंकको संख्या २१ वटामा झर्दै, मर्जरमा जानैपर्ने दबाबमा यी बैंक

ग्लोबल आइएमईकाे 'धनवृष्टि मुद्दती'मा पैसा राख्दा कसरी हुन्छ २ वर्षमै दोब्बर ? Read Next

ग्लोबल आइएमईकाे 'धनवृष्टि मुद्दती'मा पैसा राख्दा कसरी हुन्छ २ वर्षमै दोब्बर ?