काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । आइतबार २३ अंकले घटेको नेप्से आज दोहोरो अंकले कमब्याक गरेको हो ।
सूचकमा सुधार आए पनि कारोबार रकममा भने बढोत्तरी आउन सकेन । आज जम्मा ६६ करोडको कारोबार भएको छ ।
मंगलबार नेप्से परिसूचक १५.९२ अंकले बढेर १८३१.०५ बिन्दुमा पुगेको छ । यसदिन २२९ कम्पनीको ६६ करोड ३० लाख १३ हजार रुपैयाँ बराबरको २१ लाख ७ हजार ७४२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोष र होटल बाहेक बाँकी सबै उपसमूहको परिसूचक बढेको छ । फाइनान्स, विकास बैंक र हाइड्रोपावर समूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज रिडी पावर कम्पनीको सर्वाधिक सर्वाधिक कारोबार भएको छ । यसको पौने ३ करोड बढीको सेयर किनबेच भएको छ ।
मंगलबार सामुदायिक सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, अभियान लघुवित्त ६.०७, अपर हेवाखोल ६.०३, हिमालयन पावर ५.९९, माउन्टेन इनर्जी ५.७१, मिथिला लघुवित्त ५.२९, सपोर्ट माइक्रोफाइनान्स, हिमाल दोलखा र रिभर फल्स पावरको सेयर मूल्य ४ प्रतिशतले बढेको छ ।