दुई वाणिज्य बैंकको सेयर कारोबार रोक्का

काठमाडौं। नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले दुई वाणिज्य बैंकको सेयर कारोबार रोक्का गरेको छ । एकआपसमा मर्जरमा जाने सम्झौता गरेसँगै आजदेखि कुमारी बैंक र एनसीसी बैंकको सेयर कारोबार रोक्का भएको हो ।

सोमबार दुई बैंकले एकआपसमा मर्जरमा जाने सम्झौता गरेको थिए । सम्झौता पत्रमा एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन्।

दुवै बैंक १:१ सेयर अनुपातमा मर्ज हुने जनाइएको छ । हाल कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड रुपैयाँ छ भने एनसीसीको ११ अर्ब १३ करोड रहेको छ । मर्जरपछि बन्ने नयाँ बैंकको चुक्ता पूँजी २५ अर्ब ८४ करोड रुपैयाँ पुग्ने छ ।

यस्तै, कुमारीको जगोडा कोष ४ अर्ब ६१ करोड, रिटेन्ड अर्निङमा १ अर्ब ७७ करोड छ भने एनसीसीको जगेडा कोषमा ३ अर्ब ८४ करोड र सेयर रिटेन्ड अर्निङमा १ अर्ब ४७ करोड रुपैयाँ छ ।

नयाँ बैंकको कुल पूँजी कोष ३७ अर्ब ५३ करोड रुपैयाँ हुनेछ । बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड र कर्जा लगानी २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ।

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

सूर्य लाइफ इन्स्योरेन्सले अघिल्लो वर्षको नाफाबाट लाभांश नदिने Read Next

सूर्य लाइफ इन्स्योरेन्सले अघिल्लो वर्षको नाफाबाट लाभांश नदिने