सानिमा माई हाइड्रोपावरको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधरण सभा र लाभांश प्रयोजनका लागि असोज १२ गते बुकक्लोज गर्ने भएको हो । सो अनुसार आज (असोज ११ गते)सम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

कम्पनीले घोषणा गरेको लाभांश पारित गर्न कात्तिक २ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत वर्षको नाफाबाट करसहित ५.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

केएल टावरको ‘रमाइलो दशैं तिहार’ योजना, दुबई ट्रिपदेखि मोटरसाइकल उपहार Read Previous

केएल टावरको ‘रमाइलो दशैं तिहार’ योजना, दुबई ट्रिपदेखि मोटरसाइकल उपहार

डलरको भाउले बनायो नयाँ कीर्तिमान, नेपाली रुपैयाँ इतिहासकै कमजोर Read Next

डलरको भाउले बनायो नयाँ कीर्तिमान, नेपाली रुपैयाँ इतिहासकै कमजोर