काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाएको छ ।
कम्पनीले हाल काय चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद सेयर जारी गर्न आइतबार लक्ष्मी क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सम्झौतापत्रमा हाइड्रोपावरको तर्फबाट अध्यक्ष रन्जना दाहाल र विक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन्।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
हाल १ अर्ब ६० करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि चुक्ता पूँजी २ अर्ब ८० करोड पुग्नेछ।