कुमारी र एनसीसी बैंक बीच मर्जर सम्झौता, स्वाप रेसियो कति ?

काठमाडौं। वाणिज्य बैंकहरू धमाधम मर्जरमा जान थालेका छन् । पछिल्लो १ वर्षको अवधिमा १० वटा वाणिज्य बैंकहरूले मर्जर सम्झौता गरिसकेका छन् ।

यसैक्रममा थप दुई बैंकले मर्जरमा जाने सम्झौता गरेका छन् । सोमबार नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) र कुमारी बैंक बीच एक आपसमा मर्जरमा जाने सम्झौता गरेका छन् ।

सम्झौता पत्रमा एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन्।

दुवै बैंक १:१ सेयर अनुपातमा मर्ज हुने जनाइएको छ । हाल कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड रुपैयाँ छ भने एनसीसीको ११ अर्ब १३ करोड रहेको छ । मर्जरपछि बन्ने नयाँ बैंकको चुक्ता पूँजी २५ अर्ब ८४ करोड रुपैयाँ पुग्ने छ ।

यस्तै, कुमारीको जगोडा कोष ४ अर्ब ६१ करोड, रिटेन्ड अर्निङमा १ अर्ब ७७ करोड छ भने एनसीसीको जगेडा कोषमा ३ अर्ब ८४ करोड र सेयर रिटेन्ड अर्निङमा १ अर्ब ४७ करोड रुपैयाँ छ ।

नयाँ बैंकको कुल पूँजी कोष ३७ अर्ब ५३ करोड रुपैयाँ हुनेछ । बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड र कर्जा लगानी २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ।

आगामी पुस मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले विभिन्न १ दर्जन सुविधा दिएको छ । सो सुविधा पाउन पछिल्लो समय वाणिज्य बैंकहरू मर्जरमा जान थालेका हुन् ।

६ मुख्य सडक पूर्णरूपमा बन्द, २२ आंशिक अवरुद्ध Read Previous

६ मुख्य सडक पूर्णरूपमा बन्द, २२ आंशिक अवरुद्ध

दैनिक ५० हजारले काठमाडौं छाड्दै, दशैंमा २० लाख बाहिरिने Read Next

दैनिक ५० हजारले काठमाडौं छाड्दै, दशैंमा २० लाख बाहिरिने