भाटभटेनीमा नेपाल पे क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाइने

काठमाडौं । भाटभटेनी सुपरमार्केटमा सपिङ गरी नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाइने भएको छ ।

क्यासब्याक अफर नेपाल भरीका भाटभटेनीका शाखाहरूमा असोज ९ गतेदेखि २२ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

डाइनामिक क्युआरको रुपमा हालै उक्त डिपाट्र्मेन्ट स्टोरमा उपलब्ध नेपाल पे क्युआरमा ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट वा कनेक्ट आइपीएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।

भाटभटेनीमा नेपाल पे क्युआरको सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुरू गरिएको हो।चाडपर्वको समयमा लागू गरिएको उक्त अफरमार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ।

हाल नेपाल पे क्युआरको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एशिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, समृद्धि फाइनान्स, सेल पे मोरु र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुने बताइएको छ।

भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट एपको क्युआर स्क्यान स्क्रिनमा नेपाल पेको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ।

तरलता समस्या समाधानको अध्ययन गर्न सुझाव समिति गठन Read Previous

तरलता समस्या समाधानको अध्ययन गर्न सुझाव समिति गठन

आजदेखि पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’ Read Next

आजदेखि पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’