काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भोलि (मंगलबार) हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल म्याचको टिकट मूल्य सार्वजनिक गरिएको छ ।
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको सूचना अनुसार टिकटको मूल्य ५०० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म रहेको छ ।
एन्फाका अनुसार सामान्य टिकटको मूल्य ५०० रुपैयाँ तोकिएको छ भने भीआइपीतर्फ १ हजारदेखि ५ हजार रुपैयाँसम्म रहेको छ ।
दुई देश बीचको मैत्रिपूण खेल असोज ११ गते साँझ ५ः३० बजेबाट सुरु हुनेछ । मैत्रीपूर्ण खेलको अनुमानित बजेट ४८ लाख ६५ हजार रहेको एन्फाले जनाएको छ ।