भैरहवा विमानस्थलको टर्मिनल व्यवस्थापनका लागि परेन आवेदन, तेस्रो पटक टेन्डर गरिँदै

काठमाडौैं । भैरहवामा रहेको नेपालको दोस्रो ठूलो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनका लागि दुई पटक टेन्डर आह्वान गरिए पनि एउटा पनि आवेदन परेको छैन ।

आवेदन नपरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तेस्रो पटक टेन्डर गर्ने तयारी गरेको बताइएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले दुई पटकको सूचनामा कुनै पनि कम्पनीले आवेदन नहालेको बताए । उनले भने, ‘दुई पटक टेन्डर गर्दा कुनै पनि अन्तर्राष्ट्रिय कम्पनीले चासो देखाएनन् । अब हामी छिट्टै अर्को बोलपत्र प्रकाशन गछौँ ।’

प्राधिकरणले पाँच वर्षका लागि ठेक्का दिने गरी अन्तर्राष्ट्रिय कम्पनी छनोट प्रक्रिया सुरु गरेको थियो । कम्पनीले ५ वर्षको करिब रु ५७ करोड बुझाउनुपर्छ । अहिले विमानस्थलको टर्मिनलमा बैंकका आउटलेट मात्रै छ ।

टर्मिनल भवन व्यवस्थापनको जिम्मा पाउने कम्पनीले टर्मिनल भवनमा सञ्चालित आउटलेट व्यवस्थापन लिनेछ । प्राधिकरणले यो व्यवस्थापनसँगै सरसफाइ पनि गर्ने गरी जिम्मेवारी दिने भएको छ । अन्तर्राष्ट्रिय कम्पनीले जिम्मा लिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको व्यवस्थापन तुलनात्मक रुपमा फरक देखिने प्रवक्ता निरौलाले जानकारी दिए ।

मनै लोभ्याउने डोल्पा, आकर्षक पर्यटकीय गन्तव्य बन्दै Read Previous

मनै लोभ्याउने डोल्पा, आकर्षक पर्यटकीय गन्तव्य बन्दै

थामिएन सेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Next

थामिएन सेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी