काठमाडौं । रुरु जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको असोज ७ गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश विद्युत् नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कार्तिक ७ गते वार्षिक साधारणसभा बोलाएको छ। सभा बानेश्वर बैंक्वेट, काठमाडौंमा हुनेछ ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले असोज २७ गते बुकक्लोज तोकेको छ । सो अनुसार असोज २६ गतेसम्म कायम सेयरधनीले प्रतावित लाभांश र साधारणसभामा भाग लिन पाउने छन्।