काठममाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थापकहरुलाई निष्काशन गरेको १५ लाख २५ हजार कित्ता र सर्वसाधारणलाई निष्काशन गरेको ९ लाख ७५ हजार कित्ता गरी २५ लाख कित्ता शेयर सूचीकृत भएको हो ।
नेप्सेले यस लघुवित्तको शेयरलाई न्युनतम १०५ रुपैयाँ ३६ पैसादेखि ३१६ रुपैयाँ ८ पैसा सुरुआती मूल्य प्रदान गरेको छ । सोही अनुसार आइतबार देखि लघुवित्तको शेयर दोस्रो बजारमा कारोबार हुने भएको छ ।