निफ्राको लाभांश घोषणा,सेयरधनीले कति पाउछन् ?

काठमाडौं। नेपाल पूर्वाधार विकास बैंक(निफ्रा)ले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४.२१०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

जुन अघिल्लो वर्ष बैंकले ८.४२ प्रतिशत लाभांश दिएकोमा यस वर्ष भने आधा घटेको छ । अघिल्लो वर्ष बैंकले ८ प्रतिशत बोनस दिएको थियो । बैंकले कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ९० करोड ९३ लाख रुपैयाँ नगद दिने प्रस्ताव गरेको जनाएको छ।

उक्त लाभांश राष्ट्र बैंक र आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

डोल्पाको जगदुल्लामा दुई जलविद्युत् आयोजना बन्दै Read Previous

डोल्पाको जगदुल्लामा दुई जलविद्युत् आयोजना बन्दै

सानिमा बैंकको ५१ लाख संस्थापक सेयर बिक्रीमा Read Next

सानिमा बैंकको ५१ लाख संस्थापक सेयर बिक्रीमा