सिटिजन्स बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट कर प्रयोजनसहित ९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

बैंकले घोषणा गरेको लाभांश अघिल्लो आव २०७७/७८ को तुलनामा ७ प्रतिशत कम हो । बैंकले उक्त आवमा १२.९१ प्रतिशत बोनस सेयर र ३.०९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिएको थियो ।

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

हाल सिटिजन्सको चुक्ता पूँजी १४ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

बेगनास र रुपा तालबाट १५० मेगावाट बिजुली निकालिने, २० अर्ब खर्च हुने Read Previous

बेगनास र रुपा तालबाट १५० मेगावाट बिजुली निकालिने, २० अर्ब खर्च हुने

२० वर्षे पुराना ८ हजार सवारी साधन चलाउन नमिल्ने, व्यवस्था सच्याउन माग Read Next

२० वर्षे पुराना ८ हजार सवारी साधन चलाउन नमिल्ने, व्यवस्था सच्याउन माग