नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । गत बिहीबारदेखि लगातार दोहोरो अंकले घटेको नेप्से १४४ अंकको गिरावट पछि दोहोरो अंकले कमब्याक गरेको हो ।

सूचकमा सुधार आए पनि कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५० करोडले घटेर जम्मा ७२ करोडमा सीमित भएको छ ।

बुधबार नेप्से परिसूचक ११.२२ अंकले बढेर १८४८.८२ बिन्दुमा पुगेको छ । यसदिन २२६ कम्पनीको ७२ करोड १२ लाख ५९ हजार ८८५ रुपैयाँ बराबरको २५ लाख ३१ हजार ३७० कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वा उपसमूहमध्ये सामूहिक लगानी कोष बाहेक बाँकी सबै उपसमूहको परिसूचक बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.७९ प्रतिशतले बढेको छ ।

आज नबिल बैंकको सर्वाधिक सर्वाधिक कारोबार भएको छ । यसको सवा ३ करोड बढीको सेयर किनबेच भएको छ ।

आज सामलिङ पावर कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, समिट लघुवित्त ५.७३, मैलुङ खोला, गणपति लघुवित्त, लिबर्टी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक, अपर सोलु हाइड्रो, मल्टीपर्पस फाइनान्स, कालिका पावर र सिनर्जी डेभलपमेन्ट बैंकको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

एउटै खोलामा ६ हाइड्रोपावर, स्थानीयले बिजुलीको पैसा तिर्न नपर्ने Read Previous

एउटै खोलामा ६ हाइड्रोपावर, स्थानीयले बिजुलीको पैसा तिर्न नपर्ने

सुन्दर यातायातले माघ भित्रै विद्युतीय गाडी एसेम्बल गर्ने, २५ स्थानमा चार्जिङ स्टेसन बनाउँदै Read Next

सुन्दर यातायातले माघ भित्रै विद्युतीय गाडी एसेम्बल गर्ने, २५ स्थानमा चार्जिङ स्टेसन बनाउँदै