डिजिटल वालेटका दशैं अफर : क्यास ब्याकदेखि बम्परमा सुनसम्म, यस्ता छन् अफर

काठमाडौं । दशैं नजिकिएसँगै डिजिटल वालेटहरूले भुक्तानीमा विभिन्न स्कीम ल्याउन थालेका छन् । वालेट कम्पनीहरूले आफ्नो व्यवसायिक दायरा विस्तार गर्न तथा ग्रहाकहरूको आकर्षणका लागि छुट अफर ल्याएका हुन् ।

डिजिटल कारोबारले फड्को मारिरहेको अवस्थामा मोबाइल वालेटमार्फत भुक्तानी बढाउन क्यास ब्याकको स्कीम ल्याइरहेका कम्पनीहरूले दशैंको अवसरमा भने कारोबारमा केही न केही सुविधा दिइरहेका छन् ।

पछिल्लो समय डिजिटल वालेटको विकासले आर्थिक कारोबार सहज मात्र बनाएको छैन् नगद रहित बैंकिङको पनि अभ्यास गरिरहेको छ । दैनिक जसो नयाँ फिचर सहित वालेटहरू थपिनेक्रम बढ्दो छ भने त्यसले ग्राहाकलाई कारोबारमा आकर्षर्ण गर्ने प्रतिस्पर्धा पनि चलिरहेको छ । प्रत्यक्षरुपमा वालेटहरूको आम्दानी नदेखिए पनि प्रयोगकर्ताहरूले गर्ने कारोबारमा भने पैसा फिर्ता दिइरहेको पाइन्छ ।

नेपाल राष्ट्र बैंकबाट ३ दर्जन बढी वालेटहरूले कारोबार अनुमति पाएका छन् भने त्यत्ति नै अनुमति माग्ने क्रममा छन् । दशैं–तिहार जस्ता विशेष चााडवार्डको समयमा मानिसहरूले किनमेल बढी गर्ने भएकाले कारोबार पनि सोही अनुसार बढ्छ ।

जसको कारण वालेटहरूले यस धारणलाई लक्षित गरी प्रयोग बढाउने विशेष अफर ल्याएर डिजिटल माध्यम मार्फतको कारोबारलाई बढ्वा दिइरहेको पाउन सकिन्छ । कारोबारमा रहेका थुप्रै वालेटहरूले विभिन्न अफरहरू ल्याएका छन् । ती मध्ये धेरै प्रयोग गरिने वालेटहरूका अफर यहाँ देख्न सकिन्छ ।

ईसेवा :  नेपालको अग्रेणी डिजिटल वालेटको रुपमा रहेको ईसेवाले ग्राहाकहरूका लागि विभिन्न अफर ल्याएको छ । यस वालेटले क्यासब्याकदेखि कारोबारमा छुटसम्मको अफर ल्याएको जनाएको छ ।

कम्पनीले वालेट मार्फत इन्टरनेटको बिल तिर्दा ५ प्रतिशतसम्म रकम फिर्ता हुने स्कीम ल्याएको छ । यसैगरी, वालेटबाट बैंक खातामा रकम पठाउँदा कुनै शुल्क नलाग्ने जनाएको छ । यस वालेटले राइडसेयरीङ शुल्कमा पनि ५०० सम्मको कारोबार गर्दा हरेकदिन १०० जनालाई १०० रुपैयाँका दरले रकम फिर्ता गर्ने व्यवस्था गरेको छ ।

भोजको पैसा तिर्दा १५०० सम्मको कारोबारमा ३०० सम्म छुटको स्कीम ल्याएको छ । बसको होस् वा एयरलाइन्स कम्पनीको वालेट मार्फत टिकट काटेर भुक्तानी गर्दा पैसा फिर्ता र घुम्ने अफरको समेत ईसेवाले व्यवस्था गरेको जनाएको छ ।

खल्ती : शपिङ गर्दा खल्ती वालेटबाट पहिलो पटक फन पे क्यूआर स्क्यान गरेर भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यासब्याकको अफर ल्याएको छ । वालेटले खानेपानी, बिजुली,पठाओ तथा एयरलाइन्स कम्पनीको रकम भुक्तानी गर्दा रकम फिर्ताको व्यवस्था गरेको छ । खल्तीबाट टपअप गर्दा २० प्रतिशतसम्म रकम फिर्ता, बसको टिकट काट्दा २ जनालाई स्मार्ट फोन जित्ने मौका रहेको वालेट कम्पनीले जनाएको छ ।

आइएमई पे : यस वालेटले दशैंमा दराज अनलाइन मार्फत शपिङ गरेर रकम भुक्तानी गर्ने ग्रहाकहरूका लागि २ तोला सुन जित्ने स्कीम ल्याएको छ । यसैगरी, १ वर्षसम्म डिष्होम फाइबार नेट निशुल्क, सामसुङ स्मार्ट फोन,गोल्डस्टार जुत्ताको शपिङ गर्दा ग्रहाकले बम्पर उपहारमा स्कुटर प्राप्त गर्न सक्नेछन् ।

दराज अनलाइन मार्फत गरेको शपिङको भुक्तानीमा प्रतिहजार कारोबारमा १५ प्रतिशतसम्म छुट को व्यवस्था गरेको छ । यो अफर असोज १० गतेसम्म मात्र रहेको कम्पनीले जनाएको छ । यसैगरी, वालेटले विभिन्न बिल भुक्तानी र एयरलाइन्स कम्पनीको टिकट काट्नुका साथै रेमिट्यान्समा समेत क्यासब्याकको अफर दिइरहेको छ ।

नमस्ते पे : यस वालेटले ग्राहाकहरूका लागि भुक्तानीमा बम्पर उपहारदेखि क्यासब्याकसम्म अफर ल्याएको छ । वालेटले बम्पर उपहार अन्तर्गत रकम भुक्तानीमा १०० जनालाई सतप्रशित रकम फिर्ताको स्कीम रहेको जनाएको छ । रिचार्जमा १० प्रतिशतसम्म रकम फिर्ता,हरेक हप्ता युटिलिटी भुक्तानी अन्तर्गत १ जनालाई १२ महिनाको बिल भुक्तानी,दक्षिणामा २० जनालाई सतप्रतिशत रकम फिर्ता, हरेक हप्ता १ जनालाई एक हजार रकम फिर्ता र हवाई टिकटमा २ जनालाई पोखराको राउन्ड टिकटको व्यवस्था गरेको छ ।

माइ पे : यस वालेटले भुक्तानीमा १० रुपैयाँसम्म रकम फिर्ता गर्ने अफर ल्याएको छ । एयरलाइन्स कम्पनीको टिकट बुकिङमा १६ प्रतिशतसम्म नगद फिर्ताको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

प्रभु पे : यस वालेटले विभिन्न भुक्तानीमा क्यासब्याकको अफर ल्याएको छ । आफ्नो व्यवसाय विस्तारका लागि एयरलाइन्स,केबलकार,बसको टिकट तथा बत्तिको बिल, भुक्तनी, शपिङ गायतका कारोबारमा सहुलियतको व्यवस्था गरेको जनाएको छ ।

 

 

 

बन्दीपुरमा चीनको झल्को दिने ‘मिनी ग्रेटवाल’ निर्माण Read Previous

बन्दीपुरमा चीनको झल्को दिने ‘मिनी ग्रेटवाल’ निर्माण

राष्ट्रपतिद्धारा दोस्रो पटक पनि नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार Read Next

राष्ट्रपतिद्धारा दोस्रो पटक पनि नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार