अरुण काबेलीको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो

काठमाडौं । अरुण काबेली पावरले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको असोज २ गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर (करबाहेक) लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीले घोषणा गरेको यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७७/७८ को भन्दा ७.८९ प्रतिशत कम हो । कम्पनीले उत्तः आवमा १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश विद्युत् नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

चाडपर्वलाई लक्षित गर्दै यी ठाउँमा हुँदैछ विशेष ट्राफिक चेकिङ Read Previous

चाडपर्वलाई लक्षित गर्दै यी ठाउँमा हुँदैछ विशेष ट्राफिक चेकिङ

भारतलाई सवा ७ अर्बको बिजुली विक्री, थप यी ८ आयोजनाको निर्यातको प्रस्ताव Read Next

भारतलाई सवा ७ अर्बको बिजुली विक्री, थप यी ८ आयोजनाको निर्यातको प्रस्ताव