अटो ड्राइभर यसरी बने एकै रातमा करोडपति

केरला । भारतीय एक अटो ड्राइभर एकै रातमा करोडपति बनेका छन् । भारतको केरला श्रीबरहमका अटो चालक अनुपले २५ करोड भारतीय रुपैयाँको चिठ्ठा जितेपछि उनी एकाएक करोडपति बनेका हुन् ।

टाइम्स अफ इण्डियाले जनाए अनुसार अनुपले आइतबार २५ करोड रुपैयाँको चिठ्ठा जितेका हुन् । शनिबार उनले दुई वर्षीय छोराको खुत्रुके फुटाएर चिठ्ठा किनेका थिए।

‘मलाई टिकट किन्न मन थियो। टिकटको मूल्य ५०० रुपैयाँ थियो। तर मसँग पुग्ने रकम थिएन,’ उनले भनेका छन‍्। २५ करोड भारुको चिठ्ठा जितेका उनले कर कटौतीपछि १५ करोड ७५ लाख रूपैयाँ पाउनेछन्। चिठ्ठा जितेको खबर उनकी श्रीमती मायाले दिएकी थिइन्।

अनुप अटो चालक हुनुअघि फुटपाथमा खाजा बेच्थे। उनी मलेसिया जाने तयारीमा पनि थिए। एजेन्सी

दशैंमा घर जान दुई दिनमा कतिले काटे बसको अग्रिम टिकट  ? Read Previous

दशैंमा घर जान दुई दिनमा कतिले काटे बसको अग्रिम टिकट ?

महाकाली नदीमा बन्यो नेपाल-भारत जोड्ने पक्की पुल Read Next

महाकाली नदीमा बन्यो नेपाल-भारत जोड्ने पक्की पुल