दशैंको विदाका दिनमा कुन बैंकका कहाँ–कहाँका शाखा खुल्छन् (सूचीसहित)

काठमाडौं । वाणिज्य बैंकहरुले ग्राहकको सुविधालाई मध्येनजर गर्दै बडा दशैं २०७६ को सार्वजनिक विदाका दिनहरुमा पनि बैकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । बैंकहरुले देशभरका आफ्ना विभिन्न शाखाहरु मार्फत् सेवा प्रदान गर्ने भएका हुन् ।

 

अधिकांश बैंकहरुले दशैंका विदाका दिनहरु फुलपाति, अष्टमी, नवमी र एकादशीका दिनमा कार्यालय खोल्ने जनाएका छन् भने केहीले दशैंको टिकाको दिनमा समेत सेवा प्रदान गर्ने जनाएका छन् । बैंकहरुले ३६५ दिने बैंकिङ सेवा प्रवाह गर्ने योजनाअन्तर्गत बैंकका शाखा खोल्ने जनाएका छन् ।

 

विदाका दिनमा बैंकहरुले खोल्ने शाखाहरुबाट नगद जम्मा गर्नेरझिक्ने र चेक सटहीको सेवा प्रदान गर्नेछन् । विदाका दिनमा खुल्ने वाणिज्य बैंक र तिनका शाखाहरु निम्न रहेका छन् ।

 

प्रभु बैंक

 

बैंकले दशैं विदाको समयमा काठमाडौं उत्पत्यका भित्र ९ वटा र उपत्यका बाहिरका १५ वटासहित २४ वटा शाखा कार्यालय ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।

 

बैंकको अनुसार उपत्यका भित्रका मुख्य कार्यालय बबरमहल, कमलादी, जावलाखेल, गंगबु चोक, खिचापोखरी न्यूरोड, सूर्यविनायक, कोटेश्वर भाटभटेनि, कालीमाटी र बौद्धमा रहेका शाखा कार्यालय सञ्चालनमा आउने भएका छन् ।

 

यस्तै, उपत्यका बाहिर जनकपुर, इटहरी, नारायणगढ, दमक, धरान, सिरहा, बुटवल, भैरहवा, न्यूरोड पोखरा, नेपालगञ्ज, कलैया, विरगञ्ज, विराटनगर, बाग्लुङ र धनगढी रहेका छन् ।

एनएमबी बैंक

 

दशैं विदाको समयमा पनि उपत्यका भित्र र बाहिरका गरी ५ वटा शाखा कार्यालय विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।

 

बैंकको अनुसार उपत्यका भित्रका कान्तिपथ र उपत्यका बाहिरका चिप्लेढुंगा ९पोखरा०, विराटनगर, फिदिम र ट्राफिकचोक ९बुटवल० शाखा कार्यालय खुल्ने बैंकले जनाएको छ ।

 

विदाका दिनमा खुलेका बैंकहरुमा निक्षेप जम्मा गर्न, दैनिक बढीमा २ लाख रुपैयाँसम्म चेक भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

 

माछापुच्छ्रे बैंक

 

माछापुच्छ्रे  बैंकका उपत्यका भित्रका ५ वटा र उपत्यका बाहिरका १८ वटासहित २३ वटा शाखा कार्यालय खुल्ने बैंकले जनाएको छ ।

 

बैंकको अनुसार उपत्यका भित्रका लाजिम्पाट, पुतलीसडक, न्यूरोड, भक्तपुर र पाटन शाखा कार्यालय खुल्ने छन् । यस्तै, उपत्यका बाहिरका बुटवल, बनेपा, दमौली, महेन्द्रपुल, नेपालगंज, भैरहवा, विराटनगर, राजविराज, बगर, वीरगंज, बिर्तामोड, नेपालगंज, धनगढी, जनकपुर, लेकसाइड, बर्दिबास, मिर्चैया र इटहरी शाखा खुल्ने बैंकले जनाएको छ ।

 

ग्लोबल आइएमई  बैंक

बैंकले दशैं विदाको समयमा पनि काठमाडौं उत्पत्यका भित्र ४ वटा शाखा, र उपत्यका बाहिरका ६ वटासहित १० वटा शाखा कार्यालय खुल्ने बैंकले जनाएको छ ।

 

बैंकले काठमाडौँ उपत्यकाभित्रका कान्तिपथ, न्यूरोड, लगनखेल, चाबहिल र उपत्यका बाहिरका बाग्लुङ, नारायणगढ, बुटवल, पोखरा, विराटनगर र वीरगंज शाखा खुल्ला रहने जनाएको छ ।

 

३६५ दिन बैंकिङ सेवा प्रवाह गर्ने योजनाअन्तर्गत बैंकले बडादशैंको दिन अर्थात असोज २१ गते भने काठमाडौंको कान्तिपथ शाखा विहान १ बजेदेखि अपराह्न ४ बजेसम्म खुल्ने जनाएको छ ।

 

लक्ष्मी बैंक

 

विदाको समयमा काठमाडौं उपत्यका भित्रका ३ वटा र उपत्यका बाहिरका १२ वटासहित १५ वटा शाखा कार्यालय विहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।

 

बैंकको अनुसार उपत्यका भित्रका मुख्य कार्यालय हात्तिसारसहित पुल्चोक र लगनखेल शाखा कार्यालय खुल्ने छन् ।यस्तै, उपत्यका बाहिरका पोखरा, विराटनगर, वीरगंज, भैरहवा, बुटवल, नारायणगढ, जनकपुर, नेपालगंज, तौलीहवा, धरान, बिर्तामोड र , इटहरी शाखा खुल्ने बैंकले जनाएको छ ।

सेञ्चुरी कर्मसियल बैंक

 

विदाको समयमा काठमाडौं उपत्यका भित्रका ३ वटा र उपत्यका बाहिरका ११ वटासहित १४ वटा शाखा कार्यालय खुल्ने बैंकले जनाएको छ ।

 

बैंकको अनुसार उपत्यका भित्रका मुख्य कार्यालय पुतलीसडक, न्यूरोड र मानभवन शाखा कार्यालय खुल्ने जनाएको छ । यस्तै, उपत्यका बाहिरका पोखरा, विराटनगर, , इटहरी, विर्तामोड, वीरगंज, जनकपुर, भैरहवा, मलंगवा, राजविराज, टिकापुर र धनगढी शाखा खुल्नेछन् ।

 

सिटिजन्स बैंक इन्टरनेशनल

 

बैंकले विदाको समयमा काठमाडौं उत्पत्यका भित्र ६ वटा शाखा, र उपत्यका बाहिरका ५ वटासहित ११ वटा शाखा कार्यालय ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।

बैंकले असोज १८, १९, २० र २२ गते काठमाडौँ उपत्यकाभित्रका दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैंसेपाटी र उपत्यका बाहिरका विराटनगर, वीरगंज, जनकपुर, नारायणघाट र पोखरा शाखाबाट नगद काउन्टर सेवा उपलब्ध गराउने भएको हो ।

३६५ दिन बैंकिङ सेवा प्रवाह गर्ने योजनाअन्तर्गत बैंकले बडादसैंको दिन अर्थात असोज २१ गते काठमाडौं उपत्यका भित्रका दरबारमार्ग र कुमारीपाटी शाखाबाट नगद काउन्टर सेवा प्रवाह गर्नेछ ।

सनराइज बैंक

 

बैंकले विदाको समयमा काठमाडौं उत्पत्यका भित्र ४ वटा शाखा, र उपत्यका बाहिरका १० वटासहित १४ वटा शाखा कार्यालय १० बजेदेखि १२ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।

 

बैंकको अनुसार उपत्यका भित्रका मुख्य कार्यालय गैह्रीधारा, गावाहल, न्यूरोड र भक्तपुर शाखा कार्यालय सञ्चालनमा आउने भएका छन् ।

 

यस्तै, उपत्यका बाहिर वीरगंज, गाईघाट, विराटनगर, पोखरा, नारायणगढ, राजविराज, गौर, धनगढी, महेन्द्रनगर र नेपालगंज शाखा खुल्ला रहनेछन् ।असोज २१ गते दशैंको टिकाको दिन भने गैह्रिधारा र गावाहल शाखा मात्र खुल्ने बैंकले जनाएको छ ।

 

एनआसी एशिया बैंक

 

एनआइसी एशिया बैंकले दशैं विदामा काठमाण्डौ भित्रका ११ वटा र बाहिरका २९ वटा गरी कुल ३९ वटा शाखा कार्यालय खुल्ने भएको छ। बैंकको शाखा कार्यालयहरु हरेक दिन ३ घण्टा खुल्ला रहनेछन्।

 

ग्राहकहरुले विदामा खुलेका शाखा कार्यालय मार्फत नगद जम्मा, चेक भुक्तानी तथा विदा पश्चात गर्नुपर्ने कुनै बैंकिङ्ग कार्यको लागि आवेदन समेत गर्न सक्ने बैंकले जनाएको छ ।

 

 

नबिल बैंक

 

नबिल बैंकले विदाको समयमा पनि उपत्यका भित्रका ५ वटा र उपत्यका बाहिरका १० वटा गरी १५ वटा शाखा कार्यालय खुल्ने बैंकले जनाएको छ ।

 

बैंकको अनुसार उपत्यका भित्रका तिनधारा, ललितपुर, महाराजगंज, बालाजु, त्रिपुरेश्वर र न्यूरोड शाखा कार्यालय खुल्नेछन् ।यस्तै, उपत्यका बाहिरका हेटौंडा, पोखरा, इटहरी, धनगढी, धरान, बुटवल, नेपालगंज, वीरगंज, नारायणगढ र विराटनगर शाखा खुल्ने बैंकले जनाएको छ ।

 

राष्ट्रिय वाणिज्य बैंक

 

राष्ट्रिय वाणिज्य बैंकले दशैं विदामा काठमाण्डौं उपत्यकाभित्र ६ वटा र उपत्यका बाहिर १६ वटा शाखा गरी २२ वटा शाखा कार्यालयहरु खोल्ने भएको छ।

 

दशैंको टिकाको दिन बाहेक बैंकको शाखा कार्यालयहरु बिहान १० बजेदेखि १ बजेसम्म ४ दिन खुल्नेछन्। बैंकका शाखाहरु चार दिन अर्थात असोज १८, १९, २० र २२ गते खुल्ला रहने बैंकले जनाएको छ। बानेश्वर र महेन्द्रपुल शाखा विजया दशमीको दिन पनि खुल्ला रहने बैंकले जनाएको छ।

प्रहरीले आजदेखि टीकासम्म निःशुल्क बस चलाउने Read Previous

प्रहरीले आजदेखि टीकासम्म निःशुल्क बस चलाउने

‘ट्राउट’ माछाबाट मालामाल Read Next

‘ट्राउट’ माछाबाट मालामाल