पिपुल्स हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले आजदेखि प्राथमिक साधारण सेयर (आइपीओ) विक्री खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङवासीका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

सोमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७का स्थानीय बासिन्दाहरुका लागि ९ लाख ६० हजार कित्ता र लमजुङ जिल्लाका अन्य बासिन्दाका लागि २२ लाख ४० हजार कित्ता सेयर छुट्याइएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।कम्पनीको आइपीओमा स्थानीयले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा असोज ३० गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्डर, एनएमबी बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेंसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपाले केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

 

अर्थतन्त्र लयमा आउन थालेको हो ? यस्ता छन् मुख्य सूचक Read Previous

अर्थतन्त्र लयमा आउन थालेको हो ? यस्ता छन् मुख्य सूचक

हुलाकी राजमार्गको ७२ प्रतिशत काम पूरा, ५५० किमी कालोपत्र गर्न ठेक्का आह्वान Read Next

हुलाकी राजमार्गको ७२ प्रतिशत काम पूरा, ५५० किमी कालोपत्र गर्न ठेक्का आह्वान