आशा लघुवित्तको ३ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम भाउ कति ?

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले असोज ४ गतेदेखि ३ लाख कित्ता संस्थापक समूहको (प्रमोटर) सेयर लिलामीमा ल्याउने भएको छ ।

लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसअघि साविकका संस्थापकहरूबाट आवेदन नपरेपछि लघुवित्तले सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी सेयर लिलामी गर्न लागेको हो ।

लघुवित्तको सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

कम्पनीको लिलामी सेयरमा असोज १२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले न्यूनतम १० हजार कित्तादेखि अधिकतम अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।

पर्यटकीय पूर्वाधारमा फड्को मार्दै रुपन्देही, तारे होटलदेखि केबलकारसम्म Read Previous

पर्यटकीय पूर्वाधारमा फड्को मार्दै रुपन्देही, तारे होटलदेखि केबलकारसम्म

आज पनि काठमाडौंको सवारी अस्तव्यस्त हुने, यी रुटमा हुनेछ अवरोध Read Next

आज पनि काठमाडौंको सवारी अस्तव्यस्त हुने, यी रुटमा हुनेछ अवरोध