काठमाडौं । काठमाडौं उपत्यकाको सडक आज दिनभर प्रभावित हुने भएको छ । चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु नेपालको औपचारिक भ्रमणका कारण सवारीसाधन प्रभावित हुने भएको हो ।
चान्सु भ्रमणका कारण मंगलबार पनि दिनभर काठमाडौंको सवारी अस्तव्यस्त भएको थियो । उनले बुधबार पनि उच्चस्तरीय भेटवार्तालाई निरन्तरता दिने भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई अपराह्न साढे ३ बजे भेट्ने कार्यक्रम रहेको चान्शु नेतृत्वको टोलीले त्यसअघि भक्तपुर दरबार अवलोकनको कार्यक्रम रहेको छ।उच्चस्तरीय भेटवार्ता गर्दैछन्।
बिहान ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडिओ कार्यालयदेखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ।
त्यस्तै दिउँसो साढे ३ बजेको आसपासमा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ।
उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।